नवलपरासी । प्रतापपुर गाउँपालिका वडा नं. ६ गूठी परसाैनीले वडा भित्रका विभिन्न महिला समुहहरूलाइ खाना पकाउने प्रयाेजनका लागि विभिन्न भांडाहरूकाे सेट वितरण गरेकाे छ ।
वडा भित्र गठन गरिएका विभिन्न ७ वटा महिला समुहलाइ कार्यक्रमका प्रमुख अतिथी गाउँपालिका उपाध्यक्ष मान कुमारी चाैधरीले एक समाराेहका बिच वितरण गर्नु भएकाे हाे । उपाध्यक्ष चाैधरीले भांडा वितरण गर्दै महिलाहरूकाे क्षमता विकासका लागि गाउंपालिका कार्यालयले महिलाहरूमा नेतृत्व विकास, भांडा वितरण र तालिम जस्ता विभिन्न कार्यक्रमहरू बनाएकाे बताउनुभएकाे थियाे ।
भांडा वितरण कार्यक्रमका अध्यक्ष एवम ६ नं. वडाका वडाध्यक्ष केशव प्रसाद अधिकारीले लक्षित समुहकाे बजेट अन्तर्गतकाे रू ४ लाखकाे बजेट विनियाेजन गरि वडा भित्रका सबै गाउंटाेलहरूलाइ समेटेर भांडा वितरणकाे याे कार्यक्रम बनाइएकाे बताए । वितरण गरिएका यी भांडाहरू विवाह, व्रतबन्ध, भाेजभतेर जस्ता विभिन्न सामुहिक कार्यक्रमहरूमा खाना पकाउने कामका लागि उपयाेगी हुने बताए ।
कार्यक्रममा प्रतापपुर प्रेस क्लबका अध्यक्ष एवम सूचनाका हकका लागि राष्ट्रिय महासंघका उपाध्यक्ष बृजराज कुशवाहाले वितरण गरिएकाे भांडालाइ समुहमाप्रयाेग गर्नुका साथै सुरक्षित राख्ने र थप भांडाहरू खरिद गरि जाेड्दै जाने हाे भने समुह बलियाे हुने जिम्मेवारी बाेध गराउनु भएकाे थियाे । कुशवाहाले वडा कार्यालयले अगामी दिनमा समुहहरूकाे मूल्यांकन गर्ने र राम्राे गर्ने समुहलाइ पुरस्कृत गर्ने व्यवस्था समेत गर्न वडा कार्यालयकाे ध्यानाकर्षण गराउनु भएकाे थियाे ।
कार्यक्रममा वडाका विभिन्न गाउंटाेलका करिब एक सय बढि महिलाहरूकाे सहभागिता रहेकाे थियाे ।