4 C
New York
Wednesday, November 12, 2025

Buy now

spot_img
spot_img

मन्त्रिपरिषद् विस्तारः तीन मन्त्रीको शपथ

- Advertisement -

काठमाडौँ । नवनियुक्त तीन मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा मन्त्रीहरू रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याललाई शपथ दिलाउनुभयो । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले आइतबार साँझ उनीहरूलाई नियुक्त गर्नुभएको हो ।

मन्त्रालयको कार्यविभाजनअनुसार रामेश्वर खनाल अर्थ मन्त्रालय, कुलमान घिसिङ ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालय र ओमप्रकाश अर्याल गृह तथा कानुन, न्याय र संसदीय मामिला मन्त्रालयको जिम्मेवारीमा नियुक्त हुनुभएको छ । बाँकी मन्त्रालयको कार्यभार प्रधानमन्त्री कार्कीले आफैं सम्हाल्ने बताइएको छ ।

खनाल पूर्वअर्थ सचिवका रूपमा आर्थिक सुधार र सुशासनमा सक्रिय रहनुभएको थियो भने घिसिङ नेपाल विद्युत् प्राधिकरणको नेतृत्व पछि नागरिक सरोकारका विषयमा निरन्तर आवाज उठाउँदै आउनुभएको छ । अधिवक्ता अर्याल अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्ति सम्बन्धी मुद्दामा पुनरावेदन हालेपछि चर्चामा आउनुभएको व्यक्ति हुनुहुन्छ ।

शपथपछि नवनियुक्त मन्त्रीहरूले आजै सिंहदरबारमा पदबहाली गर्ने कार्यक्रम रहेको छ । सो अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ अधिकारी तथा सुरक्षा निकायका प्रतिनिधिहरू उपस्थित थिए ।

‘जेनजी’ आन्दोलनपछि उत्पन्न परिस्थितिका बीच राष्ट्रपति पौडेलले भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme