-7.4 C
New York
Wednesday, January 22, 2025

Buy now

spot_img
spot_img

भूकम्प प्रभावित क्षेत्रको अवलोकन गर्न प्रधानमन्त्री जाजरकोट प्रस्थान

spot_img
spot_img

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित क्षेत्र अवलोकन गर्न जाजरकोट प्रस्थान गरेका छन्। प्रधानमन्त्री दाहालसँगै ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेत, माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वअर्थमन्त्री जनार्दन शर्मा भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम गएका हुन्।

प्रधानमन्त्री दाहालका प्रेस संयोजक सूर्य किरणले भूकम्प प्रभावितको अवस्था बुझ्न प्रधानमन्त्री जाजरकोटा प्रस्थान गरेको जानकारी दिए। जाजरकोटमा शुक्रबार राती गएको भूकम्पमा परी घाइतेको उद्धार तथा उपचारका लागि प्रधानमन्त्री दाहालसहितको स्वास्थ्य टोली त्यसतर्फ गएको हो।

जाजरकोट आसपासलाई केन्द्र बनाएर शुक्रबार मध्यराती गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी अहिलेसम्म जाजरकोटमा ३७ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ। 

भूकम्पमा परी घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। केहीलाई जिल्ला बाहिर रिफर गरिएको छ। स्थानीय अस्पतालमा औषधि अभाव भएको जनाइएको छ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme