-7.3 C
New York
Wednesday, January 22, 2025

Buy now

spot_img
spot_img

भुकम्प पीडित परिवारका लागि पतञ्जलीकाे सहयाेग

spot_img
spot_img

जाजरकाेट र रूकुममा गएको विनाशकारी भूकम्पले सयौंको ज्यान गयो तर यस प्राकृतिक प्रकोपका कारण जीवन संघर्षमय बनेकाहरुको लागि हामीले केही गर्न सक्छौं । विपद् पीडितका लागि हामी अगाडि आउनु पर्छ र सकेसम्म सहयोग गर्नुपर्छ। यही भावनामा पतञ्जली विपद्का बेला भुकम्प पीडित परिवारलाई सहयोगको रूपमा अगाडि आएको छ ।

नेपालमा भूकम्पपीडितलाई सहयोग गर्न पतञ्जलीले अत्यावश्यक सामग्री र खाद्यवस्तु बोकेका आठ ट्रक पठाएको छ । पतञ्जलीका संस्थापक अध्यक्ष स्वामी रामदेव महाराज र महासचिव आचार्य बालकृष्ण महाराजले पतञ्जली फुड पार्कबाट ट्रकलाई झण्डा देखाएर विदाई गरे । यस अवसरमा स्वामी रामदेव महाराजले विपद्को यस घडीमा पतञ्जली पीडित परिवार साथमा रहेको बताए ।

यसअघि पनि प्राकृतिक प्रकोपका बेला पनि पतञ्जलीले मानवताको सेवामा अगाडि बढेको उनले बताए । विहार बाढी, पूर्वी नेपालको भूकम्प, केदारनाथ प्रकोप लगायतका प्राकृतिक प्रकोपका पीडितहरुको पीडा पतञ्जलीले साझा गरेको छ ।

सो अवसरमा आचार्यले विपद्को समयमा सबैभन्दा ठूलो चुनौती पीडितको दैनिक जीवनयापनका आवश्यकताहरू पूरा गर्ने भएको बताए । संकटको यस घडीमा नेपालका भूकम्पपीडितका लागि पतञ्जली सहयोगी बनेको छ । जानकारी दिँदै उनले पतञ्जलीले पाल, कम्बल, भाँडाकुँडा, पिठो, चामल, दाल, तेल, नुन, मसला, साबुन, तिरपाल लगायत करिब ५० टन राहत सामग्री पठाएको जानकारी दिए ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme