नवलपरासी । चाेरी निकासी गरी भारततर्फ लैजादै गरेकाे नेपाली उत्पादनकाे मदिरा नेपाल प्रहरीले नियन्त्रणमा लिएर विहिवार नष्ट गरेकाे छ ।
प्रतापपुर गाउँ पालिकाकाे वडा नं. ६ कठहवाकाे चाेर बाटाे भारतीय बजार बहुवारतर्फ लैजादै गरेकाे अवस्थामा प्रहरी चाैकी गुठी परसाैनीले २ सय ४० बाेतल किसमिस साैंफ नाम गरिएकाे मदिरा पक्राउ गरिएकाे प्रसनी हरि बहादुर अधिकारीले बताए ।
असाेज ९ गतेका दिन बरामद गरिएकाे साे मदिरा स्थानीय जनप्रतिनीधी र सञ्चारकर्मीकाे राेहबरमा प्रहरीले आज विहिवार नष्ट गरेकाे हाे ।