भारतमा फैलियाे काेराेना जस्तै भयानक भाइरस, २ काे ज्यान गयाे धेरै संक्रमित

34

केरल भारत। काेराेना जस्तै भयानक भाइरस संक्रमणका कारण २ जनाकाे मृत्यु भएकाे छ । धेरै जना प्रभावित भएकाे खबर छ । घटना बुधवार अपरान्ह सार्वजनिक भएकाे हाे ।
दक्षिणी भारतीय राज्य केरलकाे काेझिकाेड जिल्लामा निपाह नाम गरेकाे भाइरस तिब्र गतिले फैलिरहेकाे छ।

अहिलेसम्म २ जनाकाे ज्यान गएकाे बिबिसीले जनाएकाे छ । जसले अन्य ३ जिल्ला कन्नुर, वायनाड र मलप्पुरममा एलर्ट जारी गरिएकाे छ। डाक्टरले मास्क लगाउन अनुराेध गरेका छन् ।

अति संक्रमित ७ वटा ग्राम पञ्चायत क्षेत्र कन्टेनमेन्ट घाेषणा गरि प्रवेश निषेध गरिएकाे छ । आइसाेलेसन वार्डकाे गेटमा नाे ईन्ट्री लेखिएकाे नाेटिस टांस गरिएकाे छ ।