-10.7 C
New York
Wednesday, January 22, 2025

Buy now

spot_img
spot_img

भारतका ब्रेन मास्टर सुधिरलाई उपाधि

spot_img
spot_img

बुटवल । कर्णेल उजिर सिंह थापाको स्मृतिमा अन्तराष्ट्रिय बुद्धिचाल प्रतियोगिता भारतीय १९६८ रेटेड खेलाडी सुधिर कुमार सिन्हाले हात पारेका छन । प्रतियोगितामा सिन्हाले पुरा खेल अपराजित रहँदै ८ अंक जोड्दै उपाधिसहित नगद २ लाख १ हजार रुपैया, ट्रफिसमेत प्राप्त गरेका छन् । प्रतियोगिताको अन्तिम समयसम्म पहिलो स्थान ओगटिरहेका रुपेश जैसवाल ८ अंकमै रहेर अपराजित रहँदै उपविजेता बन्दै नगद १ लाख १० हजारमा चित्त बुझाए । प्रतियोगिता लिग आधारमा ९ चरणको भएको थियो ।

डाइरेक्ट इन्काउण्टर, प्रोग्रेसिभका आधारमा खेलाइएको प्रतिस्पर्धामा रुपेशले आफ्नै नेपाली खेलाडीहरुको नतिजावाट प्रभावित हुनुपरेको संयोजक माधव प्रसाद प्रधानले बताए । सुधिरसंग दोश्रो वोर्डमा खेलिरहेका कृष्ण थापाले बराबरी खेले मात्र पनि रुपेशले उपाधि जित्ने पक्कापक्की थियो । उक्त खेलमा कृष्ण थापाले कालो गोटीवाट सिसिलियन डिफेन्स क्लोज भारियसनवाट सुधिरलाई जवाफ दिएका थिए । दशौं चालमा अनुभवी कृष्णको पाउन आइसोलेट हुन पुगे । २९ औं चालमा दुई पाउन डाउन भए पनि एण्टी बिसपका कारण खेल अनिवार्य बराबरमा देखिन्थ्यो । तर ३३ औं चालमा आएर कृष्णले जानी अञ्जानी आर सि सेभेन चाल्न पुगे जसको तुरुन्त फाइदा लिदै सुधिरले बिसप डि फाइभ चाल्दै रुक एक्सचेञ्ज लिन सफल भए र कृष्णले पराजित आत्मसाथ गरे ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme