1.1 C
New York
Monday, January 13, 2025

Buy now

spot_img
spot_img

भन्सार छलेर नेपाल भित्र्याइएका मालसामान, गाडी सहित मानिस प्रहरीकाे नियन्त्रणमा

spot_img
spot_img

नवलपरासी । इलाका प्रहरी कार्यालय महेशपुरबाट खटिएको प्रहरी टोलीले पाल्हिनन्दन गाउँपालिका वडा नं. १ महेशपुर चोकबाट अन्दाजी मूल्य रू. १९ लाख बराबरको मालसामान पक्राउ गरि कारवाही चलाएकाे छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेको बा १८ च ५०५३ नं. को कार बैशाख ९ गते राती १० बजे रोकी चेकजाँच गर्दा उक्त कारको डिक्की भित्र लुकाई छिपाई ल्याएको Dounle Group Coffee Machine र Coffee Bean Grinder १ सेट भन्सार छलेकाे आराेपमा पक्राउ गरिएकाे हाे ।

करिब ४ लाख मूल्यकाे साे सामान, कार सहित कार चालक जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ३० सिसुवा बस्ने वर्ष ३४ को राज कुमार ताम्राकार र कारमा सवार ऐ.ऐ. बस्ने वर्ष २९ को सुदिप तिमिल्सेना समेतलाई नियन्त्रणमा लिईएकाे जिल्ला प्रहरी पश्चिम नवलपरासीले जनाएकाे छ ।

आज १० गते Dounle Group Coffee Machine र Coffee Bean Grinder १ सेटकाे अन्दाजी मूल्य रू ४ लाख र कारको अन्दाजी मूल्य रू.१५ लाख गरी जम्मा अन्दाजी मूल्य रू.१९ लाख बराबरको सामान, कार चालक राजकुमार ताम्राकार र कारमा सवार सुदिप तिमिल्सेना समेतलाई इलाका प्रहरी कार्यालय महेशपुर मार्फत आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय नवलपरासीमा पठाइएको छ । थप अनुसन्धान कार्य जारी रहेको छ ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme