बाल अधिकार दिवसमा विविध कार्यक्रम

104
DCIM107MEDIA

लुम्बिनी २९ भदौ ।
देश ब्यापी रुपमा मनाईरहेका बालदिवसको अवसरमा अन्र्तराष्ट्रिय पर्यटकीय स्थल लुम्बिनी क्षेत्रमा पनि निजी तथा सरकारी बिद्यालयहरुमा बिबिध कार्यक्रमका साथ बालअधिकार दिवस धूमधामसँग मनाईएको छ ।
रुपन्देहीको मायादेबी गाँउपालिका वडा नं. ४ झुलनीपुर स्थित लिनसन बौद्धिष्ट स्कूल शैक्षिक गुठीका छात्राछात्राहरुले प्लेकार्ड ब्यानर सहित बालअधिकार संरक्षणका लागि चेतनामूलक रयालीको आयोजना गरि झुलनीपुर, सुण्डी, गुण्डी बजार परिक्रमा समेत गरेको प्रधानाध्यापक चन्द्रभूषण द्विबेदीले जानकारी गराए ।
यसै गरि सोही ठाँउ स्थित श्री लुम्बिनी ग्लोरीले बालअधिकार सम्बन्धी सडक नाटक तथा साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको संस्थापक मोहम्मद रमजानले बताए । त्यस्तै लुम्बिनी साँस्कृतिक नगरपालिका ५ स्थित तेनुहवा सामुदायिक माबिका छात्रछात्राहरुले बालअधिकार बारे बक्तृत्वकला तथा साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको प्रधानाध्यापक मोहम्मद ईलियासले बताए ।
त्यस्तै, नवलपरासीमा पनि विभिन्न विद्यालय र बालबालिकासंग सराेकार राख्ने सरकारी र गैसरकारी संघसंस्थाहरूले विभिन्न अायाेजनाका साथ बाल अधिकार दिवस मनाएकाे खबर छ ।