एमाले र माओवादी बाम गठबन्धन र काँग्रेसले प्रतिनिधि सभा र प्रदेश सभाको उम्मेदवारको टुंगो लगाएको छ । बाम गठबन्धन र काँग्रेसले आगामी मंसिर १० गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको उम्मेदवारको टुंगो लगाएको हो ।
जसमा गठबन्धनको तर्फबाट प्रतिनिधि सभामा एमालेका केन्द्रीय सदस्य भैरवबहादुर सिंह एवं प्रदेश सभाको क्षेत्र नम्बर १ मा एमालेका नेता अर्जुन थापा र प्रदेश सभा क्षेत्र नम्बर २ मा माओवादी केन्द्रकी केन्द्रीय सदस्य देवकी मल्लको नाम टुंगो लागेको छ ।
यसैगरी, काँग्रेसको तर्फबाट प्रतिनिधि सभामा काँग्रेसका पूर्व पार्टी सभापति पृथ्वीबहादुर सिंह एवं प्रदेश सभाको लागि क्षेत्र नम्बर १ बाट पूर्व सभासद चन्द्रा जोशी र क्षेत्र नम्बर २ बाट नेता नरेश सिंहको नाम टुंगो लगाएको काँग्रेस जिल्ला कमिटी बझाङले जनाएको छ ।
उम्मेदवारको टुंगो लागेपछि जिल्लाबाट टिकटको दौडधुपमा काठमाडौँ गएका नेता तथा कार्यकर्ता जिल्ला आउने क्रम जारी रहेको छ । जिल्लाका राजनितिक दलहरुले भोलि मनोनयन दर्ताको तयारी गरिरहेका छन् । आगामी मंसिर १० गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा बझाङमा बामगठबन्धन र काँग्रेसबीच नै प्रतिष्पर्धा हुने देखिन्छ ।