बाढिका घाइते चौधरीको उपचारमा समस्या: सहयोगको अपिल

27

उमेश बि.क, नवलपरासी, ८ साउन

बाढिमा परि खुट्टा भाचिएका नवलपरासीको सरावल गाउँपालिका वडा नं. ६ मधवलियाका अति बिपन्न पृथ्वीराज चौधरीको उपचारमा अार्थिक अभावले समस्या उत्पन्न भएपछि सहयोगको अपिल गरेका छन् ।

Advertisement

अविरल बर्षाका कारण घर डुबानमा परेपछि घरको समान बचाउने क्रममा गत असार ३ गते उनकाे खुट्टा भाचिएकाे हाे। असार ४ गतेदेखि लुम्बिनी सिटि हस्पिटल बुटवलमा उनकाे उपचार भइरहेकाे छ । चाैधरीकाे खुट्टामा दुई वटा रड हालेर उपचार भइरहेको छ भने उपचार खर्च करिब डेढ लाख लाग्ने पारिवारिक श्राेतले जनाएकाे छ ।

बिहान बेलुका हातमुख जोड्न समेत धाैँ धौँ रहेका चाैधरीलाई रकम अभाव भएपछि स्थानियले चन्दा उठाई उपचार गराइ रहेका छन ।

परिवारमा आय आर्जनको कुनै श्रोत नभएका चौधरीकी श्रीमति तारा देबि चाैधरीले सहयोगका लागि सबैलाई अनुरोध गरेकि छन। सहयोग गर्न चाहनेले तारा देबि चाैधरीको नाममा रहेकाे मुक्तिनाथ बिकास बैंक लिमिटेडको खाता नम्बर 11921600475593000001 मा रकम जम्मा गर्न अनुराेध गरेकी छन । उनकाे सम्पर्क नं. 9826431602 रहेकाे छ ।

Advertisement