वृजराज कुशवाहा
नवलपरासी, २५ असार
जिल्लाकाे प्रतापपुर गाउंपालिकाकाे भारतीय सीमावर्ती क्षेत्रमा जंगली बाघ देखिएकाे छ । वडा नं. ६ कठहवा गाउं नजिकै खेतबारीमा देखिएपछि जंगली बाघ गाउंतिर पसेकाे खबर स्थानीयवासीले गुठी परसाैनी प्रहरीलाइ दिएका थिए ।
स्थानीयले दिएकाे खबर पश्चात सम्भावित क्षेत्रकाे अनुगमन गरि इलाका प्रहरी कार्यालय बेलाटारीलाइ जानकारी गराएकाे प्रसनी अाेम देव भट्टले अनलाइनजनतालाइ बताए । उनले भने अनुगमनमा जांदा भुंइमा बाघकाे खुट्टाकाे डाम देखिएकाे जानकारी उपल्लाे निकायलाइ गराएकाे छुं ।
स्थानीयले बाघ देखेपछि जनजीवन त्रसित भएकाे बताएका छन् । स्थानीयले भने, बाघलाइ नियन्त्रणमा लिने कुनै प्रयास गरिएकाे छैन । जसले त्रास बढदै गएकाे छ । बाघ देखिएपछि खेतबारीमा काम गर्न जान डर उत्पन्न भएकाे छ ।
राेपाइंकाे बेला रहेकाेले खेती प्रभावित हुन थालेकाे बताएका छन् । घरबाट बालबालिकालाइ बाहिर जान दिइएकाे छैन । गाइवस्तु समेत जाेगाउन धाैंधाैं भएकाे छ । बाघले समाचार लेख्दासम्म कुनै क्षति पुर्याएकाे छैन ।