पप्पु रेग्मी, बर्दघाट, माघ १८ ।
पश्चिम नवलपरासी जिल्लाकाे बर्दघाट ७ जिमिरेभार बजारमा स्केटीङ्ग पार्क संचालनमा आएको छ । “खेल खेलाैं शारीरिक तथा मानसिक रुपमा स्फूर्त बनौं ” भन्ने मुल नाराका साथ संचालन गरिएको यस स्केटिङ पार्ककाे वडा नम्बर ७ का वडा अध्यक्ष ध्रुव थारुले बिहीबार उद्घघाटन गर्नुभएको हो । बर्दघाट नगर मै पहिलो पटक याे स्केटिङ पार्क संचालनमा आएपछि यस खेलमा रुची राख्नेहरुले सिक्ने र खेलमा खेलाडीहरूकाे सहभागिता रहने स्थानीय राम नारायण श्रेष्ठले बताउनुभयाे । पछिल्लो समयमा बालबालिकामा मोबाईलको लत बढ्दै गएकोले उनीहरुलाई खेल तर्फ आकर्षित गर्नकालागि जिमिरेभार स्केटीङ्ग पार्क संचालनमा ल्याईएको संचालक अमृत भट्टराईले जानकारी दिनुभयो ।
यस पार्कमा अमृत भट्टराई, विष्णु श्रेष्ठ, चन्द्रकान्त भट्टराई, भिम बहादुर विरकट्टा मगर सहित ४ जनाको सहभागीतामा ४० लाख रूपैयाँको लागतमा पार्क संचालनमा ल्याएको संचालक भट्टराईले जानकारी दिनुभयो । यस अघि रुपन्देहीको भैरहवामा स्केटिङ्ग पार्क संचालनमा ल्याईसकेको छ भने कोटीहवामा संचालनको अन्तिम तयारीमा रहेको र स्याङ्गजाको वालीङमा निकट भविश्यमै संचालन गर्ने तयारी गरिएको संचालक विष्णु श्रेष्ठले जानकारी दिनुभयो । खेल सिकाउनका लागि अनुभवी प्रशिक्षक संगै सम्भावित दुर्घटना हुन नदिनकाेलागी सुरक्षा सामाग्रीकाे व्यवस्था गरिएको व्यवस्थापक प्रकाश श्रेष्ठले जानकारी दिनुभयो ।