पप्पु रेग्मी, बर्दघाट १७ चैत्र,
पश्चिम नवलपरासी जिल्लाको बर्दघाट बजार विकास समिति बर्दघाट ४ को १२ औँ साधारण सभा तथा ७ औँ अधिवेशन शनिबार बर्दघाटमा सम्पन्न भएको छ । बर्दघाट बजार विकास समितिका अध्यक्ष तारा प्रसाद गौतमको अध्यक्षता तथा बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यता सम्पन्न भएको कार्यक्रममा बोल्दै, प्रमुख अतिथि श्रेष्ठले बर्दघाट नगरपालिकालाई सफा र स्वच्छ बनाउन दिर्घकालिन योजनाका साथ ल्याण्ड फिल्डको डि.पि.आर. तयार भई कार्यान्वयनको चरणमा रहेको बताउनुभयो । नगर प्रमुख श्रेष्ठले छिट्टै बर्दघाट नगरपालिका सफा, स्वच्छ नगरको रुपमा परिचित हुने बताउदै, नगरपालिकाका बजार क्षेत्रहरुलाई व्यवस्थित बनाउदै उपभोक्ता र व्यवसायीहरुलाई राहत पुग्ने कार्यक्रमहरु नगर गर्ने जानकारी दिनुभयो ।
कार्यक्रममा बर्दघाट नगरपालिकाका उपप्रमुख रुद्र प्रकाश उपाध्याय, वडा नम्बर ४ का वडाध्यक्ष बेदविना तिवरी, नेकपा एमालेका नगर अध्यक्ष रविन्द्र विक्रम हमाल, बर्दघाट उद्योग वाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने, पञ्चनगर बजार विकास समितिका अध्यक्ष रामजी चापागाई लगाएतले मन्तब्य राख्नु भएको थियो ।
सो अवसरमा अध्यक्षको प्रतिवेदन सस्थाका अध्यक्ष तारा गौतमले प्रस्तुत गर्नुभएको थियो भने सस्थाको प्रगति तथा आगामी रणनिति योजनाको प्रतिवेदन सस्थाका महासचिव गोकर्ण शर्माले प्रस्तुत गर्नु भएको थियो ।
आर्थिक बर्ष ०७९÷८० आय व्यय विवरणको कोष तथा लेखाको प्रतिवेदन समितिका कोषाध्यक्ष ईन्द्र बहादुर वि.क.ले प्रस्तुत गर्नुभएको थियो ।
समितिका उपाध्यक्ष खेमराज सापकोटाको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन महासचिव गोकर्ण शर्माले गर्नुभएको थियो ।
आगामी २ बर्षकालागी हुने निर्वाचनले १३ सदस्यीय नयाँ कार्य समितिको चयन गर्ने बताईएको छ । निर्वाचन प्रक्रिया अनुसार उमेदवारहरुको नामावली प्रकाशन गरिएको निर्वाचन मण्डलका सम्योजक अधिवक्ता राम कृष्ण पौडेलले बताउनुभयो ।
कार्य समितिको अध्यक्ष पदमा ३ जनाको उम्मेदवारी दर्ता रहेको छ भने उपाध्यक्ष पदमा पनि ३ जनाको उमेद्वारी दर्ता रहेको छ । यसै गरि महासचिव पदमा २ जना छन भने २ जनाले सचीव पदमा र कोषाध्यक्ष पदमा २ जनाको उमेद्वारी दर्ता गराएका छन । त्यसैगरि सदस्य पदमा १२ जना सहित जम्मा २४ जनाको उम्मेद्वारी दर्ता भएको निर्वाचन मण्डलका सम्योजक पौडेलले जानकारी दिनुभयो । समिती चयनकालागि सर्वसम्मत प्रयास गरिने र सहमति हुन नसके यहि चैत्र २२ गते निर्वाचन प्रकृयाबाट नयाँ नेतृत्व चयन गरिने बताईएको छ ।