-7.4 C
New York
Wednesday, January 22, 2025

Buy now

spot_img
spot_img

बर्दघाट उद्योग वाणिज्य संघकाे नेतृत्वमा पुन: न्यौपाने बिजयी

spot_img
spot_img

पप्पु रेग्मी, बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट उद्योग वाणिज्य संघ बर्दघाटको छैठौं साधारण सभा तथा तेस्रो अधिबेशन अन्तर्गत आगामी नयाँ नेतृत्वकोलागि अध्यक्ष पदमा पुन: लेखनाथ न्यौपाने बिजयी हुनु भएको छ ।

शनिवार भएको निर्वाचनमा प्रक्रियाबाट सत्तारूढ गठबन्धनको प्यानललाई हराउदै एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीकाे संयुक्त प्यानलका अध्यक्ष पदका उम्मेदवार लेखनाथ न्यौपानेको पुरै प्यानल नै विजयी भएकाे निर्वाचन अायाेगका सम्याेजक एवं कृष्ण प्रसाद पाैडेलले बताउनुभयो । अध्यक्ष पदमा निर्वाचित हुनुभएकाे लेखनाथ न्यौपानेले ७ सय ७० मत प्राप्त गरि विजयी हुनुभएको हाे । 

नवनिर्वाचित न्याैपानेकाे निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेस, माओवादी र एस पार्टीको सम्युक्त प्यानल समर्थन रहेको कांग्रेसका अध्यक्ष पदका उम्मेद्वार दिनेश न्यौपानेले ४ सय ६२ मत प्राप्त गर्नु भएको थियो । त्यसै गरि अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार राजु पाण्डेले २ सय ७ मत प्राप्त गर्नु भएको थियो ।

यसै गरि बरिष्ठ उपाध्यक्षमा तारा गौतमले ७ सय ८७ मत ल्याई विजयी हुनु भएको छ भने निकटतम प्रतिद्वन्दी हरि अधिकारीले ५ सय १७ मत प्राप्त गर्नु भएको थियो । वाणिज्य उपाध्यक्षमा चन्द्र बहादुर दमाइले ६ सय १५ मत प्राप्त गरि विजयी हुँदा निकटतम प्रतिद्वन्दी धनन्जय पौडेलले ३१४ मत प्राप्त गर्नुभएकाे थियो ।

स्वतन्त्र उमेदवार  नवराज अधिकारीको ४ सय ३८ मत रहेको थियोे । उद्योग उपाध्यक्षमा टेक बहादुर बुढाथोकीले ७ सय ५८ मत प्राप्त गर्दै विजयी हुँदा निकटतम प्रतिद्वन्दी भरत कँडेलले ५ सय १८ मत प्राप्त  गर्नुभएकाे थियो । यसैगरी महा-सचिव पदमा गङ्गा प्रसाद पाठकले ५ सय ९० मत प्राप्त गरि विजयी भएका हुन भने  निकटतम प्रतिद्वन्दि मोहन सापकोटाले ४ सय ८ र  स्वतन्त्र उमेदवार विष्णु पराजुलीले ३ सय ७० मत प्राप्त गरेका थिए ।

त्यसैगरी सचिवमा डिल्लिराज कण्डेलले ७ सय ८१ मत ल्याई विजयी हुदा निकटतम प्रतिद्वन्दी युवराज पाण्डेको ५ सय २४ मत प्राप्त गर्नुभएको थियो । कोषाध्यक्ष मा जित बहादुर थारुले ७ सय २६ मत प्राप्त गर्दै विजयी हुँदा निकटतम प्रतिद्वन्दी भरत प्रसाद शर्मा बस्याल ले ५ सय ८४ मत प्राप्त गर्नुभएको थियो ।

त्यसैगरी सह-कोषाध्यक्षमा पार्वती भुसालले ७ सय २१ प्राप्त गर्दै निर्वाचित हुनुभएकाे छ भने  निकटतम प्रतिद्वन्दी सुमित्रा दमैको ४ सय १६ र स्वतन्त्र उमेदवार  जमुना देवी वि.क.को १ सय ७५ मत रहेको छ। त्यसैगरि सदस्यहरुमा क्रमश : घनश्याम पाध्या आचार्यले ८३५, खुमानन्द बस्यालले ७६३, प्रकाश घिमिरेले ७९२ मत प्राप्त गरि बिजयी हुनुभएको छ ।

त्यसैगरी सदस्य पदमा कृष्ण प्रसाद सापकोटाले ६७१मत, रुविन तामाङ्गले ६८६ मत, घनश्याम थारुले ६५३ मत, सन्तोष श्रेष्ठ ६८८ मत प्राप्त गरि निर्वाचित भएका छन भने निकटतम प्रतिद्वन्दी प्रदिप कुमार चौधरीले ४५७ मत , प्रकाश श्रेष्ठ ४७५ मत, मोहनराज ओझाले ३९९ मत, मिलन भण्डारीले ६०८, कृष्ण बहादुर कामु मगरले ५५२ मत, हरि प्रसाद काफ्लेले ५१४ मत, दिप नारायण केवटले ३८६ मत र लक्ष्मणजँग हमालले १८२ मत प्राप्त गरेको निर्वाचन समिति संयोजक एवं अधिवक्ता पौडेलले जानकारी दिनु भयो।

बर्दघाट उद्योग वाणिज्य संघमा बर्दघाट नगरपालिका भित्र रहेका वडा नम्बर १ देखी १६ सम्मका २ हजार ५३ जना उद्योगी ब्यवसायीहरू आवद्ध रहेकोमा १ हजार ५ सय १ जनाले मतदान गरेका थिए । जम्मा खसेको मतमा सदस्य तर्फ  ७९ मत बदर रहेको थियो ।

संघको आगामी कार्यकालको लागि १५ सदस्य समितिका लागि ३५ जनाको उम्मेद्बारी रहेको थियो भने निर्वाचनमा एमाले सहितको प्यानल र काङ्ग्रेस सहित गठबन्धनको प्यानल गरि २ प्यानल र ५ पदमा स्वतन्त्र उम्मेदवारि रहेको थियाे ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme