0.6 C
New York
Monday, January 13, 2025

Buy now

spot_img
spot_img

बर्दघाटमा औद्योगिक ब्यापार मेला २०८० सञ्चालन हुने

spot_img
spot_img

पप्पु रेग्मी, बर्दघाट, ७ फागुन, ।
बर्दघाट उद्योग बाणिज्य संघ बर्दघाट पश्चिम नवलपरासीले यहि फागुन १७ गते देखि २९ गते सम्म सातौं कृषि, पर्यटन, सस्कृती तथा औद्योगिक ब्यापार मेला २०८० बर्दघाट नगरपालिका वडा नम्वर – ४, हरियाली नगरमा रहेको बर्दघाट मण्डपमा मेला सञ्चालन गर्ने भएको छ।
बर्दघाट उद्योग वाणिज्य सँघको आयोजनामा सातौ बर्दघाट कृषि, पर्यटन, सँस्कृति तथा औद्योगिक ब्यापार मेला २०८० मेलाको आयोजनाबारे संघको सभाहलमा सोमबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरिईएको हो ।
कृषि, पर्यटन, उद्योग र ब्यापार, समृद्ध बर्दघाटको बलियो आधार भन्ने मुल नाराका साथ बर्दघाट मण्डपमा आयोजना हुने महोत्सवले बर्दघाट नगरलाई पर्यटकिय नगरको रुपमा परिचित गराउदै समग्र आर्थिक एवं सामाजिक क्षेत्रको विकासमा टेवा पुर्याउने बर्दघाट उद्योग वाणिज्य सँघका अध्यक्ष लेखनाथ न्यौपानेले पत्रकार सम्मेलनमा बताउनुभयो ।
करिव ७५ लाख रुपैया खर्च हुने अनुमान गरिएको मेलामा करिव ४ करोडको आर्थिक कारोवार हुने र २० लाख रुपैया बचत गर्ने लक्ष्य रहेको बताईएको छ । बचत रहेको आम्दानिले आफ्ना सदस्यहरुको हितकालागि १ लाख रुपैयाँ बराबरको ब्यवसायिक विमा गर्ने, ब्यवसायिक विपत कोष खडा गर्ने र ब्यवसायिहरुकालागि उचित तालिम प्रदान गर्न खर्च गर्ने योजना अनुसार मेला सञ्चालन गर्न लागिएको अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।
१२ दिनसम्म सँचालन हुने महोत्सवमा दैनिक उपभोग्य सामाग्री जडिबुटी तथा कुटिर उद्योगका उत्पादनको समेत प्रदर्शनी गरिने बताइएको छ । राष्ट्रिय एवं स्थानिय कलाकारहरुको प्रस्तुतीले साँगीतिक माहौल श्रृजना गराइ दर्शर्कलाई साँगितिक वातावरण प्रदान गरिने सँघका महासचिव गँगा प्रसाद पाठकले बताउनुभयो ।
बर्दघाट नगरका फेन्सी पसलहरुलाई फाल्गुन १२ गतेसम्म स्टल बुक गर्दा ५० प्रतिशत छुट दिने तयारी गरिएको मेलामा २ सय ५० बढि स्टल रहने, कृषि र लघुउद्यमका स्टल निःशुल्क रहने मेलामा करिव १ लाख ५० हजार दशर्कले अवलोकन गर्ने अपेक्षा रहेको संघका वरिष्ठ उपाध्यक्ष ताराप्रसाद गौतमले बताउनु भयो ।
बर्दघाट उद्योग वाणीज्य संघले मेला सञ्चालन गर्नकालागि जिल्ला प्रशासन र नगरपालिकाबाट अनुमति लिएको र सम्बन्धित सामुदायिक वनसंग समन्वय गरि अघिबढेको जानकारी गराइएको थियो । मेला सञ्चालनकालागि बिभिन्न २३ वटा उपसमिति रहेको
छ ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme