शिक्षा विधेयकमा समेटिनु पर्ने १८ वुँदा सार्वजनिक गर्दै शिक्षक नेताहरु भन्छन् : बन्द रहर हैन
काठमाडौं – भदाैं २७ गते सदनमा दर्ता भएको विद्यालय शिक्षा विधेयकको विरोधमा विभिन्न शिक्षक संघ संगठनहरुका अगुवाहरुले असोज ३ गतेबाट देशभरका विद्यालय बन्द गर्ने बताएका छन् ।
नेपाल शिक्षक महासंघको अगुवाईमा गरिने आन्दोलनका बारेमा जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आफ्ना मागहरु विधेयकमा सम्बोधन हुने वातावरण नबनेसम्म विद्यालयको पठनपाठन ठप्प पार्ने जानकारी गराइएकाे छ ।
ऐनमा सम्बोधन हुनु पर्ने मागमुद्धाहरु शिर्षकमा महासंघले जारी गरेको विभिन्न १८ बुँदा सहितको प्रेस विज्ञप्ति, स्थानीय सरकार माहतहत हुने शिक्षकको व्यवस्थापन प्रतिको असहमतिमा केन्द्रित छ । विद्यालय तहसम्म स्थानीय सरकार मातहत हुने संविधानले गरेको व्यवस्था प्रति शुरु देखिनै शिक्षक नेताहरु असहमत हुँदै आएका छन् । सोही असहमतीका कारण पटक पटक ऐन बन्ने प्रकृया नै अवरुद्ध हुँदै आएको छ ।
संविधानले गरेको व्यवस्था कार्यान्वयन गर्न ८ वर्ष देखि प्रतिक्षारत शिक्षा ऐन निर्माणको काम यस पटक पनि थप पेचिलो हुने संकेत देखिएको छ ।
पत्रकार सम्मेलनमा महासंघकी अध्यक्ष कमला तुलाधरले आन्दोलन रहर नभएर वाध्यता भएको जिकीर गरिन् ।
‘२०३८ सालमा १०४ दिन विद्यालय बन्द भएको ईतिहास छ’ उनले भनिन् ‘सरकारले हाम्रा माग चाँडै पुरा गर्यो भने चाँडै नै सकिन्छ ढिलो गर्यो भने लम्बिन्छ, सरकारले कति चाहन्छ त्यति दिन विद्यालय बन्द हुन्छन् ।’
पढ्नुहोस्, माग गरिएका १८ बुँदाहरू …