बर्दघाट, २६ माघ ।
प्रेस चौतारी नेपाल पश्चिम नवल परासीको ७ ओैं जिल्ला अधिवेशन सम्पन्न भएको छ । जिल्ला अध्यक्ष मेघराज गौतमको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा सम्पन्न भएको जिल्ला अधिवेशनबाट नवलपरासी शाखाकाे अध्यक्ष पदमा गाैरी शंकर जयसवालकाे नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । जस्काे उपाध्यक्षमा सुरेश यादव, महिला उपाध्यक्षमा आरती राना, सचिवमा कल्पना खरेल, सह-सचिवमा क्रमशः अभिषेक राव र सुनयना चौधरी, कोषाध्यक्षमा महेश यादवलाई चयन हुनुभएको छ । सदस्यमा क्रमशः टेक बहादुर हरिजन, अमृता वि.क. चयन हुनुभएको प्रेस चाैतारीका केन्द्रीय सचिव एवं निर्वाचन मण्डलका अध्यक्ष प्रदिप अर्चायले जानकारी दिनुभयो ।