उमेश बि.क / नवलपरासी ,५ माघ
प्रथम सरावल अध्यक्ष गोल्डकपको उपाधि २८ बिगहा कावासाेतिले हात पारेकाे छ । अाज शनिबार भएको फाइनल खेलमा देशभक्त युवा क्लब मगरमुडहालाई ० काे बिरुद्ध २ गोलले पराजित गर्दै २८ बिगहा कावासाेतिले प्रथम सरावल अध्यक्ष गोल्डकपको उपाधि हात पारेकाे हो ।
प्रतियोगितामा विजेता र उपविजेता हुने कप, प्रमाण–पत्रको साथमा क्रमश नगद रु.१ लाख २५ हजार र ७५ हजार पुरस्कारमा करकट्टि सहित पुरस्कार प्रदान गरिएको छ । त्यसैगरी अन्य विधाहरु उत्कृष्ट खेलाडी कावासाेतिका सुरेश कुमाल, उच्च गोलकर्ता मगरमुडहाका सुरज अाले, उत्कृष्ट गोलरक्षक अर्जुन क्षेत्रीलाई कप पुरस्कार प्रदान गरिएको छ ।
नवलपरासीको सरावल गाउँपालिका स्तरीय खेलकुद समितिको मुख्य आयोजना एंव सरावल गाउँपालिकाको सहयोगमा ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नाराका साथ सो प्रतियोगीता पुस १८ गते देखि सरावल गाउँपालिका वडा नं. ३ मा अवस्थित हिमालय युवा क्लब सरावलकाे खेल मैदानमा सुरु भएको थियोे ।
अाज समापन कार्यक्रम सरावल गाउँपालिका स्तरीय खेलकुद समितिको अध्यक्ष महेन्द्र चाैधरीकाे अध्यक्षता तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य देबेन्द्रराज कण्डेलकाे प्रमुख अातिथ्यतामा एवम् सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे बिशिस्ट अातिथ्यतामा खेल सम्पन्न भएको हाे।
प्रतियोगिताको समापन गर्दै नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य कण्डेलले विभिन्न खेलहरुले युवाहरुलाई कुलतबाट बचाउने भएकाले र खेलकुद स्वास्थ्यको लागी धेरै उपयोगी मानिने भएकोले स्थानिय स्तरमा भएको खेलकुद र खेलकुदका माध्यमबाट खेलाडीलाई उत्कृष्ट खेलाडीको रुपमा विकास गरि राष्ट्रिय स्तरमा पुर्याउन सकिए समग्र गाउँपाकिला र जिल्लाकै नाम अगाडी जाने चर्चा गर्नुभयो ।
त्यस्तै कार्यक्रमकाे बिशिस्ट अतिथि सरावल गाउँपालिका अध्यक्ष चाैधरीले खेलकुद स्वास्थ्यको लागी धेरै उपयोगी मानिन्छ त्यसकारण खेलमा रुचि साथ लाग्न जरुरी छ। साथै खेलकाे माध्यमबाट शारीरिक विकासकाे साथ साथै एक आपसमा प्रेमकाे भावना बिकास हुन्छ र विभिन्न खेलहरुले युवाहरुलाई कुलतबाट बचाउने भएकाले यस क्षेत्रमा निकट भबिष्यमा खेल क्षेत्रको बिकासका लागि आफुले पहल गर्ने र खेल क्षेत्रको विकासमा आफु सदैव लाग्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।
प्रतियोगितामा गाउँपालिका उपप्रमुख उतमा राय,नेपाली काङ्ग्रेसका महासमिति सदस्य अनिल गाैड,वडा नं ३ का वडा अध्यक्ष अणेन्द्र राय,वडा नं १ का वडा अध्यक्ष भेष नरायण चाैधरी, वडा नं ४ का वडा अध्यक्ष छाेटेलाल यादव,वडा नं ६ का वडा अध्यक्ष कैलास यादव,नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य पुरुषाेत्तम सुवेदी,महिला सन्जाल अध्यक्ष मिना चाैधरी, सिद्धार्थ सेकेन्डरी बाेर्डिङ्ग स्कुल गाेबरहिया प्र.अ सुखाडि प्रसाद चाैधरी ,सरावल गा.पा खेलकुद बिषशज्ञ मनाेज चाैधरी,खेलकुद नेपाल डटकमका मनाेज थापा लगाएतकाे उपस्थिति रहेको थियाे।
साे खेलकुद प्रतियाेगितामा नवलपरासी ,रुपन्देही र नवलपरासी पुर्व (कावसाेति) गरि १६ अाेटा फुटबल समुहको सहभागिता रहेकाे थियाे ।