1.1 C
New York
Monday, January 13, 2025

Buy now

spot_img
spot_img

प्रतिष्ठानको चौथो साधारण सभा सम्पन्न

spot_img
spot_img

बर्दघाट । राष्ट्रिय लोक भजन चुड्का ( संस्कृति ) संरक्षण प्रतिष्ठान जिल्ला कार्य समिति पश्चिम नवपरासीको चौथो वार्षिक साधारण सभा बर्दघाट नगरपालिका वडा नम्वर १ स्थित वाल्मिकी माध्यमिक विद्यालयको प्राङ्गणमा सोमवार सम्पन्न भएको छ ।

राष्ट्रिय लोक भजन चुड्का ( संस्कृति ) संरक्षण प्रतिष्ठान जिल्ला कार्य समितिका अध्यक्ष तिर्थ सापकोटाको अध्यक्षता तथा राष्ट्रिय लोक भजन चुड्का ( संस्कृति ) संरक्षण प्रतिष्ठानको केन्द्रिय अध्यक्ष नाारायण खनाल ( लेकाली ) को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हाे ।

प्रमुख अतिथि खनाल ( लेकाली )ले प्रमुख अतिथिको आसनबाट बोल्दै यस प्रतिष्ठानले भजन किर्तन नेपालको लोक संस्कृतिको रुपमा रहेकोले हाम्रो कला संस्कृतिको जगेर्ना गर्नका लागि अहिले ५० भन्दा बढी जिल्लामा गठन भैसकेको र बांकी अरु जिल्लामा पनि बिस्तार गर्दै जाने बताउनुभयो । उहाँले हाम्रा अग्रजहरुले पुर्खौ देखि गाउदै, बजाउदै आएको खैजडी, मुजुरा, मादल र नाच्दै आएको यो लोक संस्कृतिको संरक्षण सम्बर्धन गर्न आजको आवश्यकता रहेको बताउदै, पछिल्लो समयमा आधुनिकताको नाममा पश्चिमेली भद्दा संस्कृति गतिविधि भित्रिदै आएकोले यसको संरक्षण र सम्वर्धन गर्नका लागि सबैले सहयोग गर्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा जिल्ला अध्यक्ष तिर्थ सापकोटाले अध्यक्षको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो भने संस्थाका सचिव बसन्त रेग्मीले वार्षिक प्रतिवेदन तथा आर्थिक वर्ष २०७९/८० को २ लाख ३० हजार ६ सय ८६ रुपैया र ३० पैसा बराबरको आय–व्यय प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा लोक तथा दोहोरि गाएक महेन्द्र रेग्मी, लोक तथा दोहोरी गाएक तथा राष्ट्रिय लोक भजन चुड्का ( संस्कृति ) संरक्षण प्रतिष्ठान बाग्मति प्रदेशका अध्यक्ष नविन पौडेल, राष्ट्रिय लोक भजन चुड्का ( संस्कृति ) संरक्षण प्रतिष्ठानका केन्द्रिय सचिव टिकाराम लुईटेल, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पश्चिम नवलपरासी जिल्लाका जिल्ला अध्यक्ष श्यामकला भट्टराई, लगाएतका कलाकारहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको समेत प्रस्तुती रहेको थियो । जिल्ला भरिबाट १९ वटा समूहले भाग लिएको प्रतियोगितामा राष्ट्रिय लोक भजन ( चुड्का ) संरक्षण प्रतिष्ठान सुनवल ११ प्रथम भएको थियो ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme