-9.5 C
New York
Tuesday, January 21, 2025

Buy now

spot_img
spot_img

प्रतिबन्धित लागू औषधि सहित मानिस प्रहरी नियन्त्रणमा

spot_img
spot_img

नवलपरासी । नवलपरासी प्रहरीले हिजाे साउन १५ गते एक भारतीय माेटरसाइकल सहित भारी मात्रामा लागु ओैषधि बरामद गरेकाे छ । साउन १५ गते राती करिब साढे ११ बजे प्रतापपुर गाउंपालिकाकाे वडा नं. १ बाउनगढिकाे भित्री सडकखण्डमा अमहवाबाट गोपीगञ्जतर्फ आउदै गरेको UP 56 X 0042 नं. को मोटरसाइकलबाट साे मालवस्तु बरामद गरिएकाे हाे ।

बरामद गरिएका प्रतिवन्धित लागुऔषधका साथमा प्रतापपुर गापा. १ भिठ्ठा बस्ने बर्ष २८ का अजय यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लागू औषधि सम्बन्धी कसुरमा मुद्धा दर्ता भई जिल्ला अदालत परासीबाट साउन १६ गते ५ दिनकाे म्याद थप भई अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरिक्षक रेशम बाेहराले जनाएका छन् ।

उनका अनुसार पक्राउ परेका व्यक्ति अदालतबाट कसुरदार ठहरेमा लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४ `झ´ अनुसार दुई वर्ष देखि दश वर्षसम्म कैद र एक लाख रुपैयाँ देखि बीस लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने छ ।

ईलाका प्रहरी कार्यालय सेमरिबाट खटिएको प्रहरी टोलीले शंका लागी रोकी चेकजाँच गर्ने क्रममा कालो प्लाष्टिकभित्र लुकाई राखेकाे PROXICO-SPAS- (५९ पत्ता) ४७७ ट्याब्लेट, NITRVET-10 पत्ता- ८८ ट्याब्लेट, ONEREX- १००ml को ३ सिसि र Syringe -२ थान बरामद गरिएकाे छ । यादवसित REDMI/Lava mobile थान-१ समेत बरामद भएकाे छ ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme