-10.6 C
New York
Tuesday, January 21, 2025

Buy now

spot_img
spot_img

प्रतापपुर गा.पा. ले मनायो ११४औं नारी दिवस

spot_img
spot_img

“महिलामा लगानि: सभ्य र समुन्नत समाजको थालनी” भन्ने नाराका साथ ११४औं नारी दिवस आज एक कार्यक्रम गरी प्रतापपुर गाउँपालिकाले मनाएको छ।

प्रतापपुर गाउँपालिकाको उपाध्यक्ष मान कुमारी चौधरीको अध्यक्षतामा सम्पन्न नारी दिवसमा पालिकाका विभिन्न संघ संस्थाका करिव २०० अगुवा महिलाहरुको सहभागीतामा सम्पन्न कार्यक्रममा प्रतापपुर  गाउपालिका वडा ७, टाङिकोटमा रहेको सिरथान महिला लघु उद्यमी समुहका अध्यक्ष श्री साबीत्रि चौधरी ले  पटेरको   सुकुल म्याट तथा पटेरको अन्य बस्तु बनाउने र बिक्री वितरण गरि सफल उद्यमी भएकोले उत्कृष्ट  उद्यमीको रूपमा  प्रतापपुर गाउँपलिकाद्वारा सम्मानित हुनुभएको छ।
साथै प्रतापपुर गाउँपालिका वडा न ९, प्रतापपुरमा रहेको प्रतापपुर चिप्स लघु उद्यमी समुहका अध्यक्ष श्री दुर्गा  चौधरी ज्युले  केराको चिप्स बनाउने र बिक्री वितरण गरि सफल उद्यमी भएकोले उत्कृष्ट  उद्यमीको रूपमा  सम्मानित हुनुभएको हो। र प्रतापपुर गाउँपालिका वडा न २, प्रसौनिमा रहेको सिरक डसना बनाउने  लघु उद्यमी समुहका श्री बसन्ति चौधरीले रुइ फेट्ने काम गरि सफल उद्यमी भएकोले उत्कृष्ट  उद्यमीको रूपमा  प्रतापपुर गाउँपालिका द्वारा सम्मानित हुनुभयो। सो कार्यक्रममा सय वर्ष कटेका चार जना जेष्ठ महिलाहरुलाई पनि सम्मान गरेको थियो।
सो कार्यक्रममा प्रतापपुर गाउँ पालिकाका वडा नं. ६ का वडा अध्यक्ष केशव प्रसाद अधिकारी र वडा नं. ९ का वडा अध्यक्ष जय किशुन चौधरीले शुभकामना मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको अध्यक्षता गर्नु भएकी उपाध्यक्ष मान कुमारी चौधरीले महिलाहरुलाई आत्मनिर्भर बनाउन तथा आम महिला दिदि बहिनीहरुको हक हित संरक्षणका लागि तथा महिलाहरुमा नेतृत्व विकास गर्नका लागि प्रतापपुर गाउँपालिकाले विशेष महत्वका साथ विभिन्न कार्यक्रमहरु संचालन गर्न प्रतिबद्ध रहेको वताउनु भयो। विभिन्न लघु उद्यम सुमह बनाई आय आर्जनका बाटोमा अग्रसर रहेका महिला अगुवाहरुलाई सम्मानित गर्न पाउदा आफु हर्षित भएको बताउदै प्रतापपुर गाउँपालिका भित्रका महिलाहरुमा विभिन्न सिप विकास गरि आयआर्जनमा जोड्नु नै सभ्य र सम्मुनित समाजको थालनी रहेको बताउनु भयो।
सो कार्यक्रमको संचालन ईन्द्रेणि सामाजिक विकास मंच को समाजिक परिचालक मन्जु श्रेष्ठले गर्नु भएको हो।
साथै सो कार्यक्रममा इन्द्रेणि समाजिक विकास मंच र सुनवल सामुदायिक विकास केन्द्रको समन्वय रहेको थियो।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme