0.6 C
New York
Monday, January 13, 2025

Buy now

spot_img
spot_img

पाथीभराको भेटीमा जम्मा ३५ क्विन्टल भारतीय सिक्का सटहीमा समस्या

spot_img
spot_img

ताप्लेजुङ — भारतदेखि आएका तीर्थयात्रीले पाथीभरा मन्दिरमा चढाएको ३५ क्विन्टलभन्दा वढी भारतीय सिक्का सटहीमा समस्या भएको छ । पाथीभरा क्षेत्रमा चढाएको सिक्का पाथीभरा क्षेत्र विकास समितिले संकलन गरेर राखेको छ ।

एकमुष्ट सटहीका लागि नेपाल राष्ट्र बैंक कोशी प्रदेश कार्यालय विराटनगरसँग समन्वयको प्रयास गरेको क्षेत्र विकास समितिले जनाएको छ ।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेका अनुसार गत असार मसान्तसम्मको सिक्का सदरमुकाम फुङलिङ ल्याएर गोदाम गरिएको छ । मन्दिरदेखि सदरमुकामसम्म ढुवानी गर्न करिब एक लाख रुपैयाँ खर्च भएको छ ।

मन्दिरदेखि काफ्ले पार्टीसम्म मान्छेले बोक्दा ढुवानी प्रतिकिलो २० रुपैयाँ र त्यहाँदेखि गाडीमा ल्याउँदा ६ रुपैयाँ गरी २६ रुपैयाँ पर्न आउछ । ३५ क्विन्टलको ढुवानी खर्च ९६ हजार रुपैयाँ हुन आउँछ । सटही हुने भए सफा गरेर टल्काउने योजनामा समिति छ । तर सटही हुने नहुने अनिश्चय भएकाले बोरामा हालेर गोदाममा सुरक्षित गरिएको काफ्ले बताउँछन् ।

नेपाली सिक्का एक रुपैयाँको चार र दुई रुपैयाँको पाँच ग्राम तौल हुन्छ । चार किलोको एक हजार रुपैयाँ हुन्छ । यही आधारले भए ३५ क्विन्टलको करिब नौ लाख भारतीय रुपैयाँ हुन्छ । त्यसको नेपाली १४ लाख रुपैयाँको हाराहारीमा हुन आउँछ । एकमुष्ट सटहीको उपाय खोजेको काफ्ले बताउँछन् । तर राष्ट्र बैंकले भने सिक्का सटही नहुने जनाएको छ । नेपाल राष्ट्र बैंक कोशी प्रदेशका उपनिर्देशक लक्ष्मीप्रसाद तिमल्सिना एक देशको सिक्का अर्को देशमा सटही नहुने बताउँछन् । ‘आफ्नै देशको पनि सिक्का बैंकबाट गएपछि फिर्ता नहोस् भन्ने हुन्छ,’ तिमल्सिनाले भने, ‘अर्को देशको सिक्काचाहिँ सटही हुँदैन ।’

पैसा खेर जान नदिन समितिले अरु नै विकल्प खोज्नुपर्ने सुझाव राष्ट्र बैंकका कर्मचारीको छ । समितिसँग भारतीय रुपैयाँका नोट पनि १९ लाख ६४ हजार रुपैयाँ छ । एक रुपैयाँदेखि हजार रुपैयाँसम्मका नोट पनि सटही गर्न बाँकी रहेको समितिले जनाएको छ ।

नोट सटही हुने भए पनि अधिकांशमा रङ लागेकाले सटही नहोला कि भन्ने चिन्तामा समिति छ । नोट र सिक्का दुवै सटहीका लागि प्रयास गरेको काफ्ले बताउँछन् । समितिलाई यसअघि नेपाली सिक्का सटहीमा पनि यस्तै समस्या भएको थियो । अहिले भने सिक्का सफा गर्ने मेसिन ल्याएको समितिले टल्काएर बैंक र खरिद गर्न आउनेलाई पनि नोट पैसामा बिक्री गर्ने गरेको छ । नेपाली सिक्का सटहीमा अब समस्या नरहेको काफ्ले बताउँछन् ।

नेपाल राष्ट्र बैंकले नलिए सफा बनाएर भारतदेखि आउने तीर्थयात्रीलाई नै नोटसँग खरिद गरिदिन अनुरोध गर्नुपर्ने अवस्था आउन सक्ने पाथीभरा समितिका सदस्य बताउँछन् । ‘यत्रो पैसा त्यसै फाल्ने कुरो त भएन, बैंकबाट सोलुसन निस्किएन भने अरु विकल्प खोज्नुपर्छ भन्नेमा पनि छौं,’ क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेवेले भने ।

गत आर्थिक वर्षको असार मसान्तसम्म पाथीभरामा ४७ देशको पैसा भेटिएको थियो । नेपालपछि सबैभन्दा बढी पैसा भारतको छ । पाथीभरा मन्दिरमा आर्थिक वर्ष २०७९/८० मा ३ करोड १९ लाख १६ हजार रुपैयाँ भेटीबापतको रकम संकलन भएको थियो । यो नोट पैसा मात्रै हो ।ekantipur

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme