-7.4 C
New York
Wednesday, January 22, 2025

Buy now

spot_img
spot_img

पाकिस्तानको पहिलो शिख पत्रकार किन भए बर्खास्त

spot_img
spot_img

इस्लामावाद । पाकिस्तानका अग्रगामी सिख पत्रकार र एंकर हरमित सिंहले सार्वजनिक टिभीबाट आफ्नो बर्खास्तीबारे खुलासा गरेका छन्। सिंहले फेक न्यूजसँगको विवादपछि देशमा आफूलाई टिकाउनका लागि गम्भीर चुनौतीहरूको सामना गरिरहेको बताएका छन्।

पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का नेता र पूर्व मन्त्री शाजिया अत्ता मारीको दबाबपछि सिंहलाई सार्वजनिक टिभीबाट बर्खास्त गरिएको हो। मारीले हरमित सिंहलाई उनको निवासमा नेशनल एकाउन्टेबिलिटी ब्यूरो (एनएबी) द्वारा छापा मारेको बारेमा गलत जानकारी फैलाएको आरोप लगाउँदै उनलाई बर्खास्त गरिएको हो।

सिंह, जसले पाकिस्तानको पहिलो सिख पत्रकारको रूपमा मान्यता प्राप्त गरेका थिए। उनले मारीको घरमा छापा मारेको विषयमा लेखिएको समाचार आफ्नो एक्स (पहिले ट्विटर) ह्यान्डल @HarmeetSinghPk मा शेयर गरेका थिए।

सिन्धका धेरै स्थानीय समाचार आउटलेटहरू र स्वतन्त्र पत्रकारहरूले आ-आफ्नो सामाजिक सञ्जाल प्लेटफर्ममा प्रसारित गरिसकेपछि आफूले सूचना फैलाएको उनले दाबी गरे।

समाचार गलत भएको थाहा पाएपछि, हरमित सिंहले तुरुन्तै ट्वीट हटाएको र आफ्नो गल्ती स्वीकार गर्दै शाजिया मारीलाई लिखित माफी मागेको पनि बताएका छन्। तर, उनको माफी स्वीकार गर्नुको सट्टा मारीले उनलाई कानूनी नोटिस पठाए, जसमा रु. १० अर्ब मानहानीको मुद्दा सरकारी विज्ञापन बन्द हुने र बर्खास्त नगरिएमा च्यानलको लाइसेन्स खारेज हुने भनी दबाब दिए।

सेप्टेम्बर ९ मा कामचलाउ संघीय सूचना मन्त्री मुर्तजा सोलाङ्गीसँगको भेटमा उनलाई समर्थनको आश्वासन दिने वरिष्ठ पत्रकारहरूसँग सिंहले खुलासा गरे कि पीपीपीका नेताहरूले अब उनको लागि मिडिया हाउसका सबै ढोका बन्द भएको घोषणा गरेका छन्।

आफ्नो युट्युब च्यानलमा पोष्ट गरिएको भिडियोमा सिंहले आफ्नो निराशा व्यक्त गर्दै भने, ‘मलाई बाँच्न निकै गाह्रो भइरहेको छ। मलाई विदेशी च्यानलहरूबाट धेरै कामका अफरहरू आए, तर म आफ्नो देशको लागि योगदान गर्न चाहन्छु। दुर्भाग्यवश, मलाई थाहा थिएन। यो देश कुलीन वर्गको मात्रै आश्रयस्थान हो।’ नेपालपाना बाट साभार

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme