नेबिसंघले गर्‍यो सचेतना सहित निःशुल्क मास्क वितरण

8
उमेश बि.क, नवलपरासी, २२ साउन

विश्व भरी फैलिरहेको महामारी कोरोना भाईरस (कोभिड(१९) को संक्रमणको रोकथाम र नियन्त्रणका लागि पश्चिम नवलपरासीकाे विभिन्न स्थानमा सचेतनासहित निशुल्क मास्क बितरण गरिएको छ।

नेपाल बिद्यार्थी संघ पश्चिम नवलपरासीको अायाेजनामा बर्दघाट चाेक, टिसियन चाेक, भुतहा चाेक लगाएतकाे स्थानमा अावतजावत गर्ने मानिसहरूलाई राेकि मास्क नलगाएकाे खण्डमा सचेतना सहित निशुल्क मास्क वितरण गरेका हुन ।

कोरोना भाइरसबाट बच्न सरकारले गरेको तथा गर्न लागेको लकडाउनको नियम पालना गर्ने साबुनपानीले हात धुने मास्क लगाउने जस्ता संक्रमणबाट जोगिने उपायका बारेमा स्थानीय तथा यात्रुलाई जानकारी गराइएको छ ।

दिनेश न्याैपानेकाे सहयोगमा तथा नेवि संघका नेताहरुकाे सक्रियतामा करिब दुई हजार मास्क निशुल्क बितरण गरिएको नेविसंघका उपसभापति नरेश भट्टराईले जानकारी दिनुभएको हाे ।

सचेतना तथा निशुल्क मास्क बितरणमा नेपाल बिद्यार्थी संघ निवर्तमान सभापति ददिराम पाैडेल, उपसभापति नरेश भट्टराई, नेबि संघका किशोर गैरे, सुशील भुर्तेल, मिलन भण्डारी लगायतकाे उपस्थिति रहेको थियाे।