नेपाल हिन्दु भूमि हो

304

श्रवण कुमार कुशवाहा, नवलपरासी

उत्पत्तिकाल देखि मानव आफ्नो बसोबासको स्थान, हावापानी र भूमि अनुसार स्वभाव, विचार, पहिरन, खानपान र पूजा पद्धतिमा स्थानीय सामग्री प्रयोग गर्न थाल्यो । स्थानीय प्राकृतिक स्रोतमा उत्पन्न हुने स्थानीय वनस्पति, पशुपंक्षी एवम् हावापानी सित मानिसको लगाव बढ्दै गयो र स्थानीय उत्पादनमा नै आफ्नोपन स्विकार्दै गयो ।

परिणामस्वरुप नेपालको पनि आफ्नोपन छ, जसलाई नेपालीपन वा अर्को नामले भन्ने हो भने हिन्दूपन भनिन्छ ।
नेपाल भूमिमा उत्पादन हुने वनस्पति, नेपालको माटो, यहांका माटोमा उब्जिने जडिबुटिका साथै यहांका मानिसका आनीबानी, स्वभाव, विचार, पहिरन, खानपान र पूजा पद्धति पनि त्यसै अनुसार हुदै गयो । यहांसम्म कि स्नान गर्ने बानी, पुजापाठ गर्ने पद्यति, लगाउने वस्त्र, प्रयोग गर्ने भांडाकुडामा पनि हिन्दुपन देखिन्छ ।

खानामा प्रयोग गरिने सामग्री र घरमा पालिने पशुपन्छीहरुमा पनि हिन्दुपन छ । यातायातका पारम्परिक साधन, व्यक्तिहरुको नामाकरण पनि हिन्दु देवीदेवताको नामले जोडिएको पाइन्छ । नेपालमा बसोबास गरेकाहरुको गतिविधि अन्य क्रियाकलापको सुक्ष्म अध्ययन गरेर पनि नेपाल भूमिलाई हिन्दु भूमि साबित गर्छ ।

१.स्नान कार्यः– अध्यात्मको क्षेत्रमा प्रवेश गर्दा पहिलो शर्त हो स्नान । स्नान कार्य हामी कहाँ अत्यन्त महत्वपूर्ण मानिन्छ । यसको वैज्ञानिक महत्व पनि छ । कुनै पनि शुभ कार्यमा स्नान पहिलो कार्यको रुपमा गरिन्छ । विवाह गर्दा पहिले स्नान गरिन्छ, मृत्यु भएपछि स्नान गराइन्छ । शिशु जन्मिदा स्नान, व्रतमा स्नान, मन्दिरमा जानु पुर्व स्नान, भगवानलाई स्नान अर्थात हरेक स्थानमा स्नानको महत्व छ । यदि स्नान गर्न नसके कोठामा प्रवेश पुर्व हातखुट्टा धुने चलन छ । बेलाबेलामा घर धुने, गाई, गोठ धुने अर्थात स्नान सफाई, स्वच्छता हाम्रो अध्यात्मिक जीवनमा प्रवेश गर्ने पहिलो खुटकिलाको रुपमा स्थापित भैसकेको छ ।

२.वस्त्रः– हाम्रो दोस्रो शर्त वस्त्र हो । कुनै पनि शुभ, अशुभ काम होस् कपडा धोएर प्रयोग गरिन्छ । नयाँ कपडा लगाइन्छ । वस्त्र दान गरिन्छ । देवी देवतालाई नयाँ वस्त्र वा धुलेको वस्त्र लगाइन्छ । आफनो घरमा प्रयोग हुने कपडा जस्तो ओढ्ने–ओढ्याउने, बस्ने सम्पुर्ण कपडा धोएर प्रयोग गरिन्छ । यसको लागि पर्याप्त पानीको आवश्कता पर्दछ । यस्तो काम न त गर्म पानी, न त नुनिलो, न त चिसो पानीमा सम्भव छ । यस्तो पानी हिमाल, पहाडका जटीबुटीबाट निस्केको नदीबाट वा नेपालको भूमिमा मात्र पाइन्छ । यसले प्रमाणित हुन्छ नेपालमा आदि आनादि कालदेखि हिन्दूहरु बसेका छन् । हिन्दुहरु सुती वस्त्र लगाउँछन् सुती वस्त्र कपासबाट बन्छ र कपासको खेती हामी कहा नै हुन्छ । नेपालको भूमि हिन्दू भूमि हो ।

३. भांडाकुडाः– पूजामा प्रयोग गरिने वर्तन, खानपीनका भाँडा वर्तनहरु माजेर प्रयोग गर्ने चलन छ । एउटा पात्रबाट पूजा समाप्त हुनासाथ माज्ने, एक एकजनाले खाना खाईसकेपछि थाल, गिलास माजेर अर्काले खाने चलन छ । यी पात्रहरुको पवित्रता पानीले धोएर हुन्छ ।
यी सम्पूर्ण काम के इग्लैण्ड, कनाडा, अन्टार्कटिका, पुर्वी ध्रुव, दक्षिणी धु्रवमा सम्भव छ ? त्यहाँ त मानिसहरु जीवनमा एक चोटी वा दुई चोटी स्नान गर्छन्, यदि एस्किमोहरुलाई भनम् भने जीवनमा कहिले पनि स्नान गदैनन् । कपडा लता र भाडा कुडा त टाडाको कुरा हो । अरेवियन देशमा पानीको अभावले वालुवा शरीरमा लगाएर पवित्र हुने चलन छ । एउटा दतिउन एक महिनासम्म गर्ने चलन छ, एउटै भाडोबाट धेरै दिनसम्म धेरैले पानी खाने चलन छ, जसलाई करुवा मानिन्छ ।

४. खानपानः– हिन्दूहरु शाकाहारी भोजन गर्दछन । विभिन्न संस्कृतिको सम्पर्कले ठाउँ–ठाउँमा मांसाहारी पनि हुन्छन् । हिन्दूहरुले स्वास्थ्यका लागि खाने गरेको खानेकुरा पाइन्छ ।
क) शक्ति दिने पोषक तत्व ः–
 कृषि जन्य स्रोत ः– जौ, गहुँ, मकै, चामल, मह, सकरकन्द, केरा, तेल, वदामको तेल, कोदो, फापर, आलु, दही
 पशुजन्य स्रोत ः– दुध, नैनी, घ्यू, बोसो, दही
 अन्य स्रोत ः– चिनी, सखर, मिठाई, गुण आदि
ख) सुरक्षा प्रदान गर्ने तत्वहरु ः–
 कृषिजन्य स्रोत ः– हरिया सागपात, तरकारी, टुसा उमारेको गेडागुडी (चना, केराउ, जौ, मुग) । फलफूल (आपँ, लीची, अम्बा, अंगुर, स्याउ, केरा, सुन्तला, कागती, मेवा, मौसमी, भुईंकटहर, रुख कटहर, नासपाती आदि )
ग) वृद्धि गर्ने तत्वहरु ः–
 कृषिजन्य स्रोत ः– दाल (रहर, मसूरो, मास, बकला ) गेडागुडी, सिमी, बदाम, केराउ
 पशु जन्य स्रोत ः– दुध, चीज, अण्डा आदि ।
 यसको अत्तिरिक्त सुखा फल ः– वदाम, छोहाडा, काजु, किसिमिस, आखरौट, लौगं, लाइची, सौफ, प्याज, लहसुन, वेसार, धनिया, मेथी, मूला, गाजर, नुन ।
 मसाला ः– दालचीनी, तेजपात, पोख्ता
 पान जन्य पदार्थ ः– पानको पात, सुपाडी, खयर, चुना आदि ।
उपयुक्त सम्पूर्ण खानेकुरा विश्वको जुन भूमिमा उत्पादन हुन्छ त्यही हिन्दू भूमि हो । नेपालको माटोमा यी सम्पूर्ण कुराहरु उत्पन्न हुने भएकोले नेपाल हिन्दू भूमि हो ।

५. पशु पंक्षीहरु ः–
 पशुहरु ः– हिन्दुहरुले पाल्ने पशुहरु निम्नानुसार छ गाई, भैंसी, गोरु, भेडा, बाख्रा कुकुर, बिरालो, वादर, न्याउरोमुसा, मुसा, छेपारो, चौरीगाई, हात्ती, घोडा, खच्चर, गदहा, बाघ,
हरिण, भालु, सर्प, केचुवा, बिच्छु ।
 पंक्षीहरु ः– सूगा, परेवा, कौवा, गरैया, गिद्ध, कोयल, कुखुरा, हाँस, कराङ कुण्ङ्ग, नीलकण्ठ, वुलवुल, खेजन, हंस, मच्छर, मधु, डाफे, मुनाल, मयूर, लाटोकोसेरो
 जलचर ः– माछा, मगरमच्छ, गोही, घडियाल, कछुवा, पानी चरो, सर्प, भ्यागुतो
यी पशुपंक्षीहरुमा हिन्दूहरु अधिकांशको पूजा गर्ने गर्दछन् । जस्तो नागपंचमीमा सर्पको पूजा हुने, काग र कुकुर तिहारमा काग र कुकुरको, हात्ति, घोडा, नीलकंठ, आदिको पूजा गरिन्छ । यी पशुपंक्षीहरु हिन्दूहरुको जीवन पद्धतिसंग जोडिएका छन् । गाईलाई त झन आमा मानिन्छ, त्यसको महत्व अत्यंत वढी छ । यी पशुपंक्षीहरु विश्वको मानचित्रमा खोज्दा नेपाल मै उपलब्ध छन् । अन्य ठाउँमा वाच्नै सक्दैनन्, यसले प्रमाणित हुन्छ नेपालको भूमि हिन्दू भूमि हो ।

६. प्राकृतिक वनस्पति ः– तुलसी, पिपल, वांस, केरा, वेल, धतुरा, पानकोपात, सुपाडी, चन्दन, दुबो, कुस, बेत, धुप, पश्यू, आंक, आपामार्ग, अमला
 साल, सागौन, सिसौ, खयर, वर, पिपल, पाकड, स्वमी, टीक, धुपी, सल्लो
 आंप, कटहर, लीची, नासपाती, सुन्तला, मेवा, बयर, जामुन, अनार, स्याउ
 समपानी, गुलाफ, बेइली, रातरानी, हरि सिंगार

७. बसोवास गर्ने घर ः– हिन्दूहरुको घर प्रायः माटाले बनाइन्छ । माटा वनजङ्गल, औषधिजन्य जटीबुटी खाएका र गाईको गोवरले लिपपोत गर्ने गरिन्छ । कमेरो र रातो माटोले प्रत्येक चाडपर्वमा लिपिन्छ । देवी देवताका मूर्तिहरु पनि माटोले बनाउने चलन छ । माटोका गाहो बनाएर रबर वा ढुङ्गाले छाउने चलन छ । आधुनिक युगमा भनेर अत्या–आधुनिक सामग्रीहरु प्रयोग हुन थालेका हुन् तर ती सामग्रीहरु हाम्रो संस्कृतिसित मेल खादैनन । हाम्रो संस्कृतिले ईटा वा ढुङ्गाले गाह्रो वनाउँदा पनि माटोले जोड्ने चलन छ । ईटा पनि माटोले बाटै वनाइन्छ । माटोका भांडा वर्तन वनाउने र चुल्लो बनाइन्छ । खरको भित्ता बनाएर माटोले लिपिन्छ । घर पनि ठांटी नवाएर फर्स माटोले लिप्ने हाम्रो संस्कृति छ । यस किसिमको बसोबासका लागि उपयुक्त माटो न त अरेवियन देशको बलौटे माटोबाट सम्भव छ न पश्चिमको माटोबाट नै । यसको लागि उपयुक्त माटो नेपालको भूमिमा मात्र छ । यसले प्रमाणित हुन्छ । नेपाल भूमि हिन्दू भूमि हो ।
हामीले वनाउने घरको मोहडा उत्तर वा पूर्वतिरको दिशा उपयुक्त मानिन्छ । यसमा ठुलो वैज्ञानिकता छ । पूर्व र उत्तर तिरबाट हावा र सूर्यको प्रकाश आउँछ । हिमालबाट आउने हावा स्वास्थ्यको लागि अत्यन्त उपयोगी हुन्छ ।

८. हावापानी र मौसम ः–पृथ्वीमा विभिन्न किसिमको हावापानी पाइन्छ । ध्रुवीय प्रदेशमा चिसो हावापानी अर्थात सालैभरि जाडोको मौसम हुन्छ । अरेवियन देशहरुमा दिनलाई गर्मी र रातलाई जाडो मान्न सकिन्छ । हामीकहाँ मुख्य रुपले ३ वटा ऋतु पाइन्छ । जाडो, गर्मी र वर्षात । हिन्दूहरुले बसोबास गर्ने मौसम र हावापानी यही किसिमको अनुकूल छ । हामी न त ध्रुवीय हावापानीमा वस्न सक्छौं न त अति गरम हावापानीमा । मानसुनी हावापानी हाम्रो जीवनको लागि उपयुक्त मानिन्छ । हिन्दूहरु परापूर्वकालदेखि, ऋषि महर्षिको पालादेखि यस्तै किसिमको हावापानी यही अनुसारको भएकोले यो पुष्टि हुन्छ । नेपाली भूमि हिन्दू भूमि हो ।

९. चाडपर्व ः– कुनै पनि धर्मको चाडपर्व त्यस ठाउँमा जन्मेको धर्म प्रवर्तक, ऋषि, महर्षि, सन्त एवम् मर्यादित व्यक्तित्वहरुसंग जोडिएको पाइन्छ । जस्तो इसाईहरुका प्रवर्तक इसामसीह, इस्लामहरुको मोहम्मद साहवसंग जोडिएको पाइन्छ । त्यस्तै हिन्दूहरुको चाडपर्व पनि भगवान शंकर, पार्वती, राम, कृष्ण, वुद्ध, जनक, जानकी, काली, हनुमान, वेदव्यास लगायत प्रकृति एवं पशुपक्षीसित जोडिएको पाइन्छ । जहाँको भूमिमा जुनजुन महापुरुष जन्मिनु भएको छ त्यो भूमिलाई त्यहाँका धर्मावलम्बीहरु त्यसलाइ तपोभूमिको रुपमा मान्दछन । र जहाँ जन्मिनु भएको छ उहाँहरुको कर्मभूमिमा उहाँहरुको नामबाट परापूर्वकालदेखि तीर्थस्थल, चाडपर्व, स्मृति स्थल (मन्दिर, मस्जीद, गुरुद्धारा, चर्च) निर्माण भएको पाइन्छ । नेपालमा परापूर्वकालदेखि मनाइदै आएका चाडपर्व, देवालय, मन्दिर, तीर्थस्थल, ठाउँको नाम, शहरको नाम, चाडपर्वमा गाइने गीत हिन्दूहरुका नाममा पाइन्छ यसले पुष्टी हुन्छ । नेपाल भूमि हिन्दू भूमि हो ।

१०. यातायात ः– यातायातका आधुनिक सुविधाभन्दा पूर्व विश्वको विभिन्न प्राकृतिक वातावरण अनुसार यातायातको साधनको रुपमा पशुलाई प्रयोग गर्ने गरिन्छ । जस्तो वर्षै भरि बरफ जम्ने ठाउँमा एस्किमोहरु स्लेज गाडीमा कुकुरको प्रयोग गर्ने गर्थे । मरुस्थलमा पानीको अभाव भएकाले उँट प्रयोग गर्थे । त्यहाँको हावापानी अनुसार त्यस क्षेत्रका धर्मावलम्बीहरु त्यसैलाई पूजा गर्ने, पाल्ने गर्थे । हाम्रो जस्तो मुलुकमा हात्ति, घोडा, खच्चर, वैलगाडा, एक्का जस्ता यातायातको साधनको रुपमा प्रयोग हुन्थ्यो । यसले यिनको जीवन पद्धति, पूजामा यी साधन र पशुहरुलाई मान्यता दिइयो । हामी कहाँ कृषि देखि यातायातको साधनको रुपमा गोरु बढी चलनमा थियो । यी जनावर र साधनहरु हाम्रो भूभाग र हावापानीका लागि उपयोगी छन् । र हाम्रो माटो सुहाउँदो पाल्न सक्ने चलन यी पशुहरु यहाँका हिन्दूहरु प्रयोग गर्ने गरेका छन् । यहाँको माटो सुहाउँदो भएकाले हाम्रो भूमि हिन्दू भूमि भएको पुष्टि हुन्छ ।

११. भाषा र लिपि ः– विश्वका विभिन्न भागका आ–आफना भाषा र लिपिहरु छन् । त्यसमा हाम्रो पनि आफ्नो भाषा र देवनागरि लिपि छ । हामी कहाँ वोल्ने भाषा निम्नानुसार पाइन्छ ।
१. नेपाली भाषा, २. भोजपुरी भाषा ३. हिन्दी ४. मैथली ५. अवधि ६. नेपाल भाषा ७. दनुवार भाषा ८. कुमाल ९. धिमाल १०. उरौव ( कुडुस ) ११. राजवंशी १२. तमु १३. वाज्र्जका भाषा १४. माझी १५. ल्हामी १६. दरै १७. मगर १८. सुनुवार १९. कुमाल २०. जिरेल भाषा २१. चाम्लेङ्ग भाषा २२. किसान भाषा २३. ताजुपरिया २४. बराम २५. शेर्पा २६. थामी २७. थारु २८. राष्ट्र २९. मारवाडी ३०. पंजाबी ३१. सिन्धी ३२. मगही ३३ . संस्कृत
हिन्दूहरुको भाषाको जननी संस्कृत भाषा हो । जसले लिपि देवनागरी लिपि हो । त्यसबाट विभिन्न भाषाको उत्पति भएको हो तर त्यसको लिपि एउटा हो । देवनागरि लिपि अर्थात देवनागरि लिपि हिन्दूहरुको लिपी हो । नेपालमा प्रयोग हुने ( केहि लिपि बाहेक) लिपि देवनागरि लिपि हो । यसबाट पुष्टि हुन्छ यो भूमि हिन्दू भूमि हो ।

१२. नामाकरण ( व्यक्ति, स्थान ) र अभिवादन ः– नेपालमा व्यक्तिको नाम यस भूमिका तपस्वी ऋषि मुनी, देवी, देवता, महापुरुषको नाममा नामाकरण गर्ने गरेको पाइन्छ । पुरुषको नाममा देवताहरु राम, कृष्ण, जनक, सिद्धार्थ, शिव, एवं ऋषि महर्षिको नाम समावेश भएको पाइन्छ भने महिलाहरुको नाम जानकी पार्वती, गायत्री, राधा जस्ता देवी देवता र विदुषीहरुको नामबाट नामाकरण गरेको पाइन्छ । त्यस्तै गाउँ, शहर, जिल्ला, देशको नाम पनि यस्तै नामकरण भएको पाइन्छ । जस्तो जनकपुर, सिद्धार्थनगर, रामग्राम, लुम्विनी, भक्तपुर, पशुपति क्षेत्र, वराह क्षेत्र, मुक्ति क्षेत्र, नारायण क्षेत्र । अभिवादन पनि दुवै हात जोडेर नमस्कार गर्ने, साष्टाङ्ग दण्डवत जस्ता प्रचलन हाम्रो मौलिकता हो ।

१३. औषधी उपचार ः– हिन्दूहरुको आफनो मौलिक ( प्राचीन ) उपचार पद्धति महर्षि पतञ्जलिको आयुर्वेद पद्धतिमा आधारित छ । जसको आधार जडीवुटी हो । हिमालय पर्वत वहुमुल्य जडीवुटीको खजाना मानिन्छ । यहाँको जडीवुटी नेपालको अलावा विश्वको विभिन्न भाग पठाइन्छ । गरम भूभागमा वनस्पतिको नाममा काडेदार झाडी र चिसो भूभागमा टुङ्गा प्रदेशीय वनस्पति मात्र पाइन्छ जुन वनस्पति आयुर्वेदका लागि प्रर्याप्त हुदैन । नेपालको भूभागमा यी जडीवुटी पाइने भएकाले यहाँका बासिन्दाहरु परापूर्वकालदेखि यस पद्धतिलाई अपनाउंछन् । यसको अलाव होम्पोपैथिक उपचार पनि यसमा आधारित छ । यहाँ पाइने वहुमूल्य जडीवुटीमा निम्नानुसार छन् । एलोवेरा, तुलसी, अदुवा, गहद, मेथी, लहसुन वेसार, पिपर, लवगं, सुकमेल, दालचिनी, तेजपात, यार्सागुम्बा, नीम, नागफनी, लाजवन्ती, शिलाजीत, रुद्राक्ष, मरीच, सौंफ, तिल, पाँचऔलो, चिराइतो, गाइखुरे, हर्रो, वर्रो, अमला, गुज्वौ आदि ।

१४. त्याग एवं समर्पण ः– हिन्दूहरुको जीवन पद्धति त्यागमयी एवं समर्पित भावको हुन्छ । हिन्दू राजा, महर्षि, ऋषि, आफनो जीवन नै मानवता र विश्वकल्याणका लागि समर्पित भएको पाइन्छ जस्तो भगवान शंकर, गौतम वुद्ध, राजा जनक, सम्राट अशोक, परासर ऋषि, मुनी आदि । आमाहरुको आफ्ना वच्चा प्रतिको समर्पण, किसानको कृषि प्रति त्याग, पशुपंक्षी, जनावरलाई पाल्ने कार्यहरु यसका उदाहरणहरु हुन् । नेपालको भूमि पनि त्यागमयी भूमि हो । हिमालय पहाडको हिउँपानी र वर्षाका लागि, शिवनामी पत्थर, निर्माणका लागि, आक्सिजन–पतावायुका लागि, वनौषधि–उपचारका लागि, वन–जनावर चराचुरुंगी एवं समर्पित भएको हिन्दूहरुको वासस्थान भएको पुष्टि हुन्छ । नेपाली भूमि त्यागी भएकोले नेपाली हिन्दूहरु नेपाल आमा भन्ने गर्दछन् ।

१५. पूजा पद्धति ः– प्रायः प्रत्येक धर्मावलम्बीहरुको आ–आफनो पूजा पद्धतिमा प्रयोग हुने सामाग्री त्यस भूमिमा उत्पन्न हुने गरेको र प्रयोग हुने सामग्री त्यस्तै खानपान पहिरन, मन आफनै किसिमको हुन्छ । त्यो सवै त्यहाँको माटो र मौसम हावापानी, भाषा, लिपि, धर्मग्रन्थमा लेख अनुसार हुन्छ । त्यसको विवरण अघि आइसकेको छ । यहाँ म प्रयोग हुने वस्तुको वारेमा चर्चा गर्न प्रासंगिक ठान्दछु । हिन्दू पद्धति अनसार पूजा पाठमा प्रयोग हुने वस्तुहरु निनानुसार छन् ः–
क) सप्तधान ः धान, गहुँ, जौ, चना, मांस, मूंग, प्रियंगु (कागुनो )
ख) पञ्चधेनु ः जुरो भएको गाई
ग) पंञ्चामृत ः गाईको दूध, दही, घ्यू, मह, चिनी
घ) पंञ्चगत्य ः गोमूत्र, गोबर, दुध, रही, घ्यू
ङ) पंचयल्लव ः आँप, वर, पीपल, स्वामी, दुम्री
च) श्रृंगार ः सिन्दूर, टीका, काजल, चुरा, ऐना, काइंयो, अत्तर आदि
छ) बाली ः काक्रो, कुभिन्डो, नरिवल, मुला, घिरौला, मास, बेसार
ज) यक्ष सजावट ः साल, उखू, केरा, खाएर
झ) सप्तभृत्तीका ः हात्तीसार, राजदरबार, तीर्थ, धमिराको माटो, घोडसार
ञ) नवग्रहको दाउरा ः ओक, पलास, पिपल, खयर, कुश, आँप, बेल, वर
ट) बुकुवा सरजाम ः समुन, हलेदो, सस्र्यू, मेथी, दही
ठ) पंचरत्न ः सुन, हीरा, मोती, पद्दन, नीलम
ड) कपडा ः रातो ,सेतो, पहेलो, हरियो, कालो, छिर्के मिर्के
ढ) दशदान ः गाई, सुन, भूमि, कपडा, नुन, धान, तिल, गुड, चांदी, घ्यू आदि
ण) उपनयन ः पइयूको लौरो, खयरको काडो, चिउरा, सेल, कसार, छुरा, कैंची, सुपो, चामलको पिठो, मृगछावा, पान, सुपाडी, कपासको जनै, मयूरको प्वांख, दुम्सीको कौडो, कमण्डलु
त) विवाह संस्कार ः सिलौटो, तावा, माहुर, जुवा, हरीस, सुपो
थ) घरको पूजा ः तामाको कलश, त्रिशूल, सिउडी, सर्वोषधी, नाग ( सून चांदीका ) कौडा
द) चन्दन ः वेसार, गोपीचन्दन, श्रीखण्ड, लालचन्दन
ध) श्रावणी संक्रान्ति ः भलायो, कुरीलो, बावियो, आस, अमिलो, नरीवल, सुपाडी
हिन्दू भूमिमा हिन्दूको जन्मदेखि मृत्यु पर्यन्त सोह्र संस्कार हुन्छन् ।
१.विवाह, २.चतुर्थीकर्म, ३. गर्भाधान, ४. पुंसवनम्, ५. सीमन्तो, ६. जातकर्म, ७. षाष्ठिका, ८. नामाकरण, ९. निष्क्रमण, १०. अन्नप्रासन, ११ जन्मोत्सव, १२. कर्णवेध १३. चूडाकर्म, १४. उपनयन, १५. वेदारमयः, १६. समावर्तनम अन्त्यमा मृत्यु संस्कार आदि हुन्छ । विशेष पूजामा चारवेद, नौग्रह, दशदिकपायल, अष्टचिरञ्जिवी, अठारपुराण, सम्मत आदिको पूजा गरिन्छ ।
विशेष पूजामा चारवेद, नौग्रह, आठदिशा, ६ ऋतु, १६ संवत्सर, पञ्चदेव, दशदिकपायल, अष्टचिरञ्जिवी, अठार पुराण, सम्मत आदिको पूजा गरिन्छ ।
उपर्युक्त सबै क्रिया प्रक्रियाहरुले नेपाललाई हिन्दु भूमि हो भनेर प्रमाणित गरेका हुन् ।

                                                                   लेखकः पाल्ही क्याम्पस पुर्व प्रमुख हुनुहुन्छ