1.1 C
New York
Monday, January 13, 2025

Buy now

spot_img
spot_img

नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीमा पराजुली विजयी

spot_img
spot_img

पप्पु रेग्मी, बर्दघाट, २९ मंसिर
नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीको शुक्रबार भएको आसन्न निर्वाचनमा अध्यक्ष पदमा केशव पराजुली विजयी हुनु भएको छ । उहाँ प्रेस चौतारी नेपालमा आवद्ध हुनुहुन्छ । अध्यक्ष पदमा पराजुलीले १६ मत प्राप्त गर्नु भएको छ भने निकटतम प्रतिष्पर्धि उम्मेदवार पुरुषोत्तम सुवेदीले १५ मत प्राप्त गर्नुभएको छ । सुवेदीलाई १ मतको अन्तरमा पराजित गर्नु भएको हो ।
यस्तै उपाध्यक्षमा प्रकाश न्यौपानेले १८ मत प्राप्त गर्नु भएको छ भने उहाँका प्रतिस्पर्धी विकास अधिकारीले १९ मत प्राप्त गरि विजयी हुनुभएको छ ।
उपाध्याक्ष (महिला) मा उर्मिला यादवले २२ मत प्राप्त गर्नु भएको थियो भने यादवकाे प्रतिस्पर्धी विष्णु खनालले १५ मत प्राप्त गर्नु भयो ।
यस्तै सचिवमा अनिल यादव विजयी हुनु भएको छ । यादवले २५ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी मोहन पौडेलले ११ मत प्राप्त गर्नु भएको छ ।
यसैगरी स-हसचिवमा प्रदिप पाठकले १६ मत प्राप्त गर्नु भएको थियो भने उहाँकाे प्रतिस्पर्धि इन्द्र कुमार रेग्मीले २० मत प्राप्त गरि विजयी हुनुभएको थियोे ।
सह-सचिव(समावेशी)मा सद्दाम हुसेन अन्सारी विजयी हुनु भएको छ, हुसेनले २५ मत प्राप्त गर्दा उहाँको प्रतिस्पर्धि गौरीशंकर जयसवालले ११ मत प्राप्त गर्नु भएकाे छ । महासंघको कोषाध्यक्ष पदमा श्याम बुचा मगर सर्वसम्मत निर्वाचित हुनु भएको थियो । यस्तैगरि, सदस्यहरुमा क्रमशः दिपक खनालले ३१ मत, संजिव कोइरालाले ३० मत, पप्पु रेग्मीले २८ मत र मुक्तिनाथ तिवारीले २२ मतका साथ विजयी भएका छन् । यस्तै सदस्य (महिला)मा गिता भट्टराई, सदस्य(समावेशी)मा राज चौधरी, सदस्य(दलित)मा उमेश वि.क. सर्वसम्मत निर्वाचित हुनु भएको थियो । महासंघको निर्वाचनमा सदस्य(मधेशी)कोटामा कसैको पनि उम्मेदवारी नपरेकाे हुदा १ जना सदस्य पद रिक्त रहेको निर्वाचन समितिले जनाएको छ ।
महासंघको केन्द्रीय पार्षदमा पूर्व सभापति हरि शर्मा र लुम्बिनी प्रदेश पार्षदमा पूर्व सभापति टिकाराम गैरे पनि सर्वसम्मत हुनु भएको निर्वाचन समितिका संयोजक ताराचन्द्र वर्माले जानकारी दिनु भयो ।  

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme