सुनसरी, ईनरुवा न.पा. बाट ठुलो परिमाणमा नेपाली नक्कली नोटसहित १ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
भारतको बिहार राज्य बिरपपुर-५ का २२ वर्षीय छोटु भनिने मोहमद सैयाद साफीलाई माघ २८ गते BR 11 X 3429 नम्बरको स्कारपियो गाडीमा चेकजाँच गर्ने क्रममा गाडी भित्र विभिन्न भागमा लुकाई छिपाई राखेको अवस्थामा नेपाली नक्कली नोट अठार हजार दुई सय एकाउन्न थान (एक करोड बयासी लाख एकाउन्न हजार १,८२,५१,०००) बरामद गरी थप अनुसन्धान भइरहेको जि.प्र.का. सुनसरीले जनाएको छ ।