श्याम थापा
सुस्ता १७ मंसिर ।
नवलपरासी जिल्लाको बर्दघाट सुस्ता पश्चिम निर्वाचन क्षेत्र न.१ मा नेपाली काङ्ग्रेस पार्टीका उम्मेदवारहरुले आफ्नो निर्वाचन क्षेत्रको विभिन्न ठाउँठाउँमा घरदैलो तथा मतदाता भेटघाट गरि सुस्ता गाउँपालिकाको नर्सहीमा कोणसभा कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाली काङ्ग्रेसका नर्सहीका उपसभापति माहातम गौडको अध्यक्षयतामा र निर्वाचन क्षेत्र न १ का प्रतिनिधि सभाका उम्मेदवार देवकरण प्रसाद कलवारको प्रमुख अतिथ्यतामा र निर्वाचन क्षेत्र न.१ प्रदेश सभा ख का प्रदेश सभाका उम्मेदवार मुकुल कुमार आचार्यको विशेष अतिथ्यतामा भएको कोणसभा कार्यक्रममा नेपाली काङ्ग्रेसका युवा नेता उमेश चन्द्र यादवले देशमा लोकतन्त्र बचाउने पार्टी नेपाली काङ्ग्रेस रहेको बताउनु भयो ।
त्यस्तै प्रदेश सभा ख का उम्मेदवार आचार्यले युवाहरु बेरोजगारी हटाउने र युवा तथा किसानहरुको संरक्षण गर्ने पार्टी नेपाली काङ्ग्रेस रहेको बताउनु भयो । भने नेपाली काङ्ग्रेसका नेता एवम प्रतिनिधि सभा सदस्यका उम्मेदवार कलवारले यो देशमा लोकतन्त्र बचाउनको लागि र बिकासको लहर जगाउनको लागि यो देशमा नेपाली काङ्ग्रेस पार्टी मात्र रहेको हुदा मतदाताहरुलाई नेपाली काङ्ग्रेसका उम्मेदवारहरुलाई मात्र रोज्नु पर्ने उहाले बताउनु भयो ।
कोणसभा कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि १५ जनाले नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन । सो कोणसभा कार्यक्रममा नेपाली काङ्ग्रेसका युवा नेता उमेश चन्द्र यादव, नेपाली काङ्ग्रेसका नेता अनिल कुमार गौड, राप्रपाका केन्द्रिय सदस्य लालमन पन्जियार, दिलिप कुमार गुप्ता लगायतले कोणसभालाई सम्बोधन गर्दै यस निर्वाचन क्षेत्रमा नेपाली काङ्ग्रेस मय बनाउने प्रतिबद्धता गर्नु भएको छ ।