नेपाली काङ्ग्रेस पार्टीको कोणसभा सम्पन्न

6

श्याम थापा
सुस्ता १२ मंसिर
नवलपरासी जिल्लाको बर्दघाट सुस्ता पश्चिम निर्वाचन क्षेत्र न.१ मा नेपाली काङ्ग्रेस पार्टीका उम्मेदवारहरुले आफ्नो निर्वाचन क्षेत्रको विभिन्न ठाउँमा कोणसभा कार्यक्रम सम्पन्न गरेको छ ।

नवलपरासी जिल्लाको बर्दघाट सुस्ता पश्चिमका निर्वाचन क्षेत्र न.१ का प्रतिनिधि सभाका उम्मेदवार देवकरण प्रसाद कलवार र निर्वाचन क्षेत्र न.१ ख का प्रदेश सभाका उम्मेदवार मुकुल कुमार आचार्यले सुस्ता गाउँपालिकाको नर्सही, मर्चहवा, जमुनाबारी, गुदरियामा कोणसभामा सम्पन्न गरेका छन ।

प्रतापपुर गाउँपालिकाको वार्ड न १ बाउनगढिमा पनि कोणसभा कार्यक्रम सम्पन्न भएको छ । गुदरीयामा भएको कोणसभा कार्यक्रममा बोल्दै प्रदेश सभा ख का उम्मेदवार मुकुल कुमार आचार्यले यो देशमा रहेका विभिन्न जातजातिहरुको अधिकार दिलाउने जिम्मेवारी नेपाली काङ्ग्रेस पार्टीले मात्र लिएको बताउनु भयो ।

नेपाली काङ्ग्रेसका नेता एवम प्रतिनिधि सभा सदस्यका उम्मेदवार देवकरण प्रसाद कलवारले आफू सांसद भएको बेलामा उखु बालीलाई राष्ट्रिय बाली घोषणा गराएको र किसानहरुको हरेक समस्या समाधान गर्ने पार्टी नेपाली काङ्ग्रेस मात्र यो देशमा रहेको हुदा नेपाली काङ्ग्रेसका उम्मेदवारहरुलाई बिजयी गराउन मतदाताहरुसंग आग्रह गर्नु भएको छ ।