नेतृत्व विकास एवं क्षमता अभिवृद्धि तालिम सम्पन्न

181
बिज्ञापन

माघ ७, २०७४ उमेश बि.क सरावल ।

नवलपरासीको सरावल गाउँपालिका ३ अवस्थित महेन्द्र मा.बि सरावलमा १ दिने नेतृत्व बिकास एवं क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको छ। भाेजपुरी सन्चार मन्च नवलपरासीकाे अायाेजनामा १ दिने नेतृत्व बिकास एवं क्षमता अभिबृद्धि तालिम गरिएको हाे।

Advertisement

भाेजपुरी सन्चार मन्च नवलपरासीकाे अध्यक्ष उमेश बि.क काे अध्यक्षतामा तथा समाजसेवी एवं सिदार्थ मा.बि गाेबरहियाकाे प्र.अ सुखाडि प्रसाद चाैधरीकाे प्रमुख अातिथ्यतामा १ दिने नेतृत्व बिकास एवं क्षमता अभिबृद्धि तालिम अाज सम्पन्न भएकाे हाे ।

कार्यक्रममा बाेल्दै समाजसेवी एवं सिदार्थ मा.बि गाेबरहियाकाे प्र.अ सुखाडि प्रसाद चाैधरीले तालिम सिकाईकाे त्यो विधि हाे जसका माध्यमबाट ज्ञान,तत्परता र सीप हासिल हुन्छ । जसले गर्दा क्षमता अभिबृद्धि र ब्यवहारमा परिवर्तन ल्याउछ। नेता भनेकाे अगुवा हाे,अगुवा भनेकाे समाजको पथप्रदर्शक पनि हाे।

त्यसकारण समाजको अगुवा भनेकाे समग्र समाजको नेता हाे जसको कुशल नेतृत्वकाे अहम भुमिका रहेको हुन्छ । कुनै पनि ब्यक्तिलाई समाजको अगुवाइ गर्न सक्ने क्षमताको बिकास गराउनु नै नेतृत्व बिकास हाे। तालिमले ज्ञान, सिप र व्यवहार परिवर्तन गर्दैछ तसर्थ अाफुले जानेको सिकेको कुरा साथिहरुमा जानकारी गराउने र ब्यवहार परिवर्तन गर्ने भन्ने कुरामा जाेड दिनु भएको थियोे ।

साे नेतृत्व बिकास एवं क्षमता अभिबृद्धि तालिममा रामग्राम नगरपालिका ,पाल्हि नन्दन गाउपालिका र सरावल गाउँपालिका गरि ३५ जना बालबालिकाहरुकाे सहभागीता रहेको थियो । कार्यक्रममा जिल्ला बाल सन्जाल सदस्य दुर्गा बि.क,सरावल वडा नं.३ बाल सन्जाल अध्यक्ष अारीफ अलि खाँ, काेपिला बाल क्लब अध्यक्ष राजु सिंह, सगरमाथा बाल क्लब जितपुर सचिव सुशील नापित, बाइसि देबि बाल क्लब रजरगन्जका पुर्ब काेषाध्यक्ष सम्भु गुप्ता, काेपिला बाल क्लब पुर्ब अध्यक्ष सुनिल बि.क लगाएतले बाेल्नुभएकाे थियो । नेतृत्व बिकास एवं क्षमता अभिबृद्धि तालिमकाे प्रशिक्षण सन्दिप बि.क ले गर्नु भएको थियोे ।

Advertisement