जितेन्द्र गुप्ता, लक्ष्मी हरिजन, नवलपरासी असाेज १ गते ।
नवलपरासी जिल्लाकाे दक्षिणी सीमामा रहेकाे नेपाल भारत नाेमेन्स लैण्डमा दुबै देशका सुरक्षा निकायले संयुक्त रूपमा नियमित गस्ती गर्ने भएकाे छ ।
खुल्ला सीमानाका कारण बढदाे अपराध, तस्करी तथा मानव बेचबिखन जस्ता घटना न्युनिकरणका लागि सीमा क्षेत्रमा संयुक्त रूपमा याे पहल शुरू गरिएकाे हाे । अाज अाइतवार दुबै देशका अर्धसैनिक बलले संयुक्त गस्ती गरेकाे छ ।
गस्ती टाेलीमा महेशपुर स्थित सशस्त्र प्रहरी सीमा सुरक्षा बल बि ओ पी हरपुरका प्रहरी निरीक्षक प्रकाश ढकाल र भारतीय अर्धसैनिक बल (एस एस बी) समन्वय मुख्यालय ठुठीबारीका सब ईन्सपेक्टर राजा कुमारले सयुक्त नेतृत्व गरेका थिए । गस्ती टाेलीले नेपाल भारत सिमाको पिलर न. ९ देखि ११ सम्म पैदल गस्ती निरीक्षण गरेकाे थियाे ।
टाेलीले अाइतवार बिहान ८ बजे देखि ११ बजेसम्म सीमा गस्ती गरेकाे थियाे । दुबै देशबिच खुल्ला सिमा भएको हुदा हाथहथियार घुसपैठ हुन सक्ने र तस्करी अनियन्त्रित बन्दै जाने भएकाले साप्ताहिक रूपमा संयुक्त गस्ती टाेलीकाे व्यवस्था गरिएकाे सशस्त्र प्रहरी नवलपरासीका प्रहरी उपरिक्षक बिरेन्द्र राज श्रेष्ठले बताउदै भने यस निरीक्षण कार्यलाइ निरन्तरता दिइने छ ।