नवलपरासी । नारायणी नदीमा पानी बढ्ने क्रम जारी छ । पानी बढ्न थालेपछि जल तथा माैसम अनुमान विभागले नारायणी नदी तटमा रहेका चितवन तथा नवलपरासी जिल्लाका स्थानीयवासीन्दालाइ सचेत रहन अनुराेध गरेकाे छ ।
साेमवार विहान ५ बजे गण्डक ब्यारेजमा २ लाख ७३ हजार ६ सय क्युसेक पानी डिस्चार्ज भैरहेकाे मापन केन्द्र वाल्मिकीनगरले जनाएकाे छ । याे मात्रा हिजाेकाे तुलनामा १ लाख क्युसेकले बढी हाे । तिब्र गतिले भएकाे बढाेत्तरीकाे यस क्रमलाइ जाेखिमकाे श्रेणीमा राखिएकाे छ । जाेखिमलाइ मध्यनजर राखी त्रिवेणी स्थित गण्डक व्यारेजका सबै ३६ वटा ढाेका खाेलिएका छन् ।
सनिवारदेखि भएकाे अविरल वर्षाका कारण नारायणी नदीमा पानीकाे बहाव निरन्तर बढिरहेकाे छ । आइतवार दिउसाे १२ बजेकाे समयमा गण्डक व्यारेजकाे डिस्चार्ज जम्मा १ लाख ९३ हजार ७ सय क्युसेक मात्र रहेकाे थियाे ।
नदीमा पानीकाे मात्रा लागातार रूपमा बढिरहेकाे र अझै पनि बढ्ने अनुमान गरिएकाे छ । जल तथा माैसम अनुमान विभागले साेमवार आज पनि देशभरि वर्षा हुने अनुमान गरेकाेले नदीमा पानी बढ्ने छ । पानी बढ्दा नदी तटका वासीन्दामा त्रास बढ्न थालेकाे छ । बी गैप क्षेत्रमा नारायाणी नदीकाे कटानले बांध भत्किने जाेखिम कायमै रहेकाेले स्थानीय चिन्तित बनेका छन् ।