-7.4 C
New York
Wednesday, January 22, 2025

Buy now

spot_img
spot_img

नारायणी नदीमा बाढी, पानीकाे बहाव १ लाख नाघ्याे …

spot_img
spot_img

नवलपरासी । नारायणी नदीमा सनिवार बिहानदेखि पानीकाे बहाव बढ्न थालेकाे छ । त्रिवेणी गण्डक व्यारेजमा सनिवार बिहान ११ बजे गरिएकाे मापन अनुसार पानीकाे बहाव १ लाख २९ हजार क्युसेक पुगेकाे छ ।

पानी बहावकाे याे मात्रा यसवर्ष अहिलेसम्मकाे धेरै हाे । वर्षायाम शुरू भएदेखि नारायणी नदीमा पहिलाे पटक पानीकाे बहाव १ लाख क्युसेकलाइ नाघेकाे हाे । त्रिवेणी व्यारेजमा गरिएकाे मापन अनुसार पानीकाे मात्रा सनिवार बिहानदेखि लागातार रूपमा बढ्दाे क्रममा रहेकाे छ ।

यसवर्ष वर्षा बढि मात्रामा हुने र बाढी पहिराेकाे जाेखिम बढ्ने बताइएपछि नरायणी नदीकाे तटीय क्षेत्र सुस्ता गाउँपालिकाकाे वडा नं. ३, ४ र ५ मा पर्ने गाउँका स्थानीय वासीन्दामा त्रास सिर्जना गरेकाे छ । नारायणी नदीमा बाढी बढेपछि तटीय क्षेत्रका वासिन्दामा वर्षेनी चाैबिसै घण्टा त्रासमा समय बित्ने गर्छ ।

बाढी नियन्त्रणकाे लागि भारतले गर्नुपर्ने काम पुर्ण मात्रामा नगरिएकाेले स्थानीयमा चिन्ता बढेकाे छ । भारतमा संसदीय निर्वाचनकाे कारण गण्डक क्षेत्रमा बिनियाेजित रकम पनि समय उपलब्ध नभएका कारण मर्मतसंभारकाे काम प्रभावित हुन पुगेकाे हाे ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme