नवलपरासी । हिजाे विहिवारदेखि फेरी बढ्न थालेकाे नारायणी नदीकाे पानी सुक्रवार बिहान ५ बजे ३ लाख क्युसेकले नाघेकाे छ । नदीमा पानी पानी बढ्न थालेपछि हुन सक्ने सम्भावित खतराबाट बचाउका लागि गण्डक व्यारेजका ३६ वटा सबै ढाेका खाेलिएका छन् भने गण्डक नहर पश्चिमी र पुर्वीका ढाेकाहरू पुर्ण रूपमा बन्द गरि सतर्कता अपनाइएकाे छ ।
उता देवघाटमा नदीले सतर्कता तह पार गरेपछि जल तथा माैसम विज्ञान विभागले तटीय क्षेत्रका वासीन्दामा सचेत रहन सूचना जारी गरेकाे छ ।
नारायणी नदीमा बढ्दै गरेकाे पानीले त्रिवेणी व्यारेजकाे तल्लाे तटीय क्षेत्रका स्थानीयवासीन्दा जाेखिममा परेका छन् । तटीय क्षेत्रमा रहेका बस्तीहरूमा सुस्ता गाउँपालिकाकाे वडा नं. ३, ४ र ५ का स्थानीय वासीन्दा जाेखिममा रहेकाे बताइएकाे छ । अविरल वर्षाका कारण नारायणी नदीमा हिजाे विहिवारदेखि लगातार रूपमा पानी बढ्न थालेपछि तटीय क्षेत्रमा जाेखिम बढ्दै गएकाे हाे ।
यस अघि अषाढ २३ गते आएकाे बाढी त्रिवेणी व्यारेजमा गरिएकाे मापनमा ४ लाख ४० हजार ७५० क्युसेककाे रेकर्ड बनाएकाे छ । याे बहाव विगत २२ वर्षकै उच्च बहाव हाे ।