नारायणी नदीबाट नदिजन्य पदार्थकाे चोरी कार्यले तीब्रता लिदै

11

श्याम थापा
सुस्ता २० बैशाष ।

नवलपरासीमा नारायणी नदीबाट नदिजन्य पदार्थकाे चोरी कार्य अझ तीब्र रूप लिदै गइरहेको छ । यतिखेर नवलपरासी बर्दघाट सुस्ता पश्चिम अन्तर्गत सुस्ता स्थित नारायणी नदीबाट गिट्टी, बालुवा र ढुङ्गा अत्यधिक रूपमा चोरी कार्य भैरहेको छ ।

सुस्ता गाउँपालिका स्थित कुडियाको रेवा र नर्सहीको १५ र १६ नम्बरको ठोक्कर क्षेत्रमा पर्ने नारायणी नदिबाट दिनरात गरि १०० देखी २०० सय टाली दैनिकी रूपमा नदिजन्य पदार्थ बालुवा, गिट्टी र ढुङ्गा चोरी निकासी भैरहेको सुस्ता गाउँपालिका वार्ड न ३ स्थानीय सुरज केवटले जानकारी दिनु भएको छ ।

नारायणी नदीबाट भैरहेको नदिजन्य पदार्थकाे चोरी निकासीको कार्य भैरहेको भन्दै स्थानीयबासीहरुले नेपाल प्रहरी चौकी कुडिया र नेपाल प्रहरी चौकी नर्सहीलाई पटकपटक खबर गर्दा पनि बेवास्ता गरेको स्थानीयबासीहरुले गुनासो गरेको छन ।

नारायणी नदीबाट नदिजन्य प्रदार्थ बालुवा, ढुङ्गा र गिट्टी दिनरात चोरी निकासी भैरहदा प्रहरी प्रशासनले देखे पनि नदेखेको झै गरेर हिड्ने गरेको र गिट्टी,बालुवा र ढुङ्गा चोरी गर्ने स्थानीय तस्करहरुसंग मिलेर नदिजन्य प्रदार्थ चोरी कार्य गराई रहेको स्थानीय मोहन बिनले बताउनु भयो ।

सो नदिजन्य प्रदार्थ चोरी कार्य स्थानीय तस्करहरुले नजीकको प्रहरी चौकी नर्सही र प्रहरी चौकी कुडियालाई प्रति टाली १०० देखि २०० सयका दरले चौकी इन्चार्जलाई बुझाएर गिट्टी, बालुवा र ढुङ्गा चोरी कार्य गरिरहेको स्थानीयबासीहरुले आरोप पनि लगाएका छ्न ।

स्थानीय गिट्टी,बालुवा ढुङ्गा तस्करहरुले चोरी गरेको नदिजन्य प्रदार्थ गिट्टी,बालुवा र ढुङ्गा सुस्ता गाउँपालिकाको छिमेकी गाउँपालिकाका लगायत भारत सम्म लगि प्रति टाली ३५ सय देखि ४ हजार सम्ममा बिक्री गर्ने स्थानीयबासी रामपृत बिनले बताउनु भयो।

सो नारायणी नदिबाट नदिजन्य प्रदार्थ चोरी निकासी कार्य बारे नर्सही प्रहरी चौकीका इन्चार्ज डम्बर बहादुर क्षेत्रीलाई पत्रकार श्याम थापाले फोन सम्पर्कमा कुराकानी गर्दा आफुलाई सुस्ता गाउँपालिकाको वार्ड न ४ का वडा अध्यक्ष अशोक गुरुङ्गले योजनाको काम गर्न परेको हुनाले प्रहरी चौकीबाट कुनै हस्तक्षेप नगरिदिनको लागि आग्रह गर्नु भएको कारणले आफुले नदिजन्य प्रदार्थ निकासी कार्य नरोकेको नर्सही प्रहरी चौकी इन्चार्ज क्षेत्रीले यस्तो बताउनु भयो ।

सोही बिषयमा पुनः पत्रकार श्याम थापाले सुस्ता गाउँपालिकाको वार्ड न ४ का वडा अध्यक्ष अशोक गुरुङ्गलाई फोन सम्पर्कमा कुराकानी गर्दा आफुले नारायणी नदीबाट नदिजन्य प्रदार्थ गिट्टी,बालुवा र ढुङ्गाहरुको चोरी कार्यमा आफुले कसैलाई आग्रह नगरेको र यस बिषयमा आफुलाई केही थाहा नभएको अध्यक्ष गुरुङ्गले बताउनु भयो ।

सो नारायणी नदीबाट भएको नदिजन्य प्रदार्थ चोरी निकासी कार्यले सुस्ता गाउँपालिकाको कुडिया, नर्सही, पक्लिहवा र प्रतापपुर गाउँपालिकाको गुठीप्रसौनी, बैदौली, सुर्यपुरा, सोमनी, खैरटहवा लगाएत दर्जनौं वडाहरु डुबानमा पर्ने सम्भावना बढी देखिन्छ ।