नवलपरासी । नारायणी नदीमा बढ्दै गरेकाे बाढीकाे पानीले २ लाख क्युसेककाे मापन पार गरेकाे छ । पार गरेपछि व्यारेजकाे तल्लाे तटीय क्षेत्रका स्थानीयवासीन्दा त्रसित बनेका छन् ।
बाढीले नारायणी नदीकाे तटीय क्षेत्रमा रहेकाे बस्तीहरूमा सुस्ता गाउँपालिकाकाे वडा नं. ३, ४ र ५ का स्थानीय वासीन्दा जाेखिममा रहेकाे बताइएकाे छ । अविरल वर्षाका कारण नारायणी नदीमा सनिवार बिहानैदेखि लगातार रूपमा पानीकाे बहाव बढ्न थालेपछि तटीय क्षेत्रमा जाेखिम बढ्दै गएकाे हाे ।
त्रिवेणी व्यारेजमा गरिएकाे मापनमा सनिवार बिहान ६ बजे ८८ हजार ३०० क्युसेक रहेकाे पानी दिउंसाे २ बजे बढेर २ लाख १८ हजार क्युसेक पुगेकाे छ । याे मात्रा मध्यान्ह १२ बजे १ लाख ६१ हजार क्युसेक मात्र रहेकाे थियाे ।
लगातार रूपमा बढ्दाे क्रममा रहेकाे पानी बहावकाे याे मात्रा यसवर्ष अहिलेसम्मकै धेरै हाे । वर्षायाम शुरू भएदेखि नारायणी नदीमा पहिलाे पटक पानीकाे बहाव २ लाख क्युसेक नाघेकाे हाे ।
नारायणी नदी कै देवघाटमा पानीकाे बहावले चेतावनीकाे तह पार गरेकाे छ । नारायणी नदीमा पानीको तह ११ मिटर पुग्नुलाई खतराको संकेत मानिन्छ । अहिले नारायणीमा पानीको सतह ११.२१ मिटर रहेको जल तथा मौसम विज्ञान विभागको तथ्याङ्कले देखाएको छ ।