22.4 C
New York
Thursday, June 20, 2024

Buy now

spot_img
spot_img

नारायणगढ-बुटवल सडकखण्ड: रकम छैन भन्दै चिनियाँ कम्पनीको आलटाल, कूटनीतिक दबाबले पनि भएन काम

spot_img
spot_img

नवलपरासी । नारायणगढ–बुटवल सडक निर्माण कम्पनीले रकमकाे अभाव भएकाे भन्दै सडक कालाेपत्रे गर्ने काम ठप्प पारेकाे छ । सडक निर्माणकाे काम गरिरहेकाे चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशनका अधिकारीहरूले फण्ड सर्टेज काे कुरा झिकेर नारायणगढ–बुटवल सडक विस्तारकाे काम प्रभावित हुनेगरि कालाेपत्रेकाे काम ठप्प पारेका हुन् ।

रकम अभावकाे कारण चालु सत्रकाे शुरूमा पनि ६ महिनासम्म सडक निर्माणकाे काम भएकाे थिएन । पछि सरकारले ठेक्का ताेडने चेतावनी दिएपछि ठेकदार कम्पनीकाे मुख्यालयबाट ४ मिलियन डलर रकम पाएकाे थियाे। केही दिन काम गरिएपछि साे रकम समेत सकिएकाे भन्दै निर्माणकाे काम राेकेपछि सडक अलपत्र परेकाे छ ।

चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशनको नेतृत्वमा नारायणगढ–बुटवल सडक विस्तार आयोजनामा भएको ढिलाइकाे मुख्य कारण रकम अभाव भएकाे एसियाली विकास बैंक एडीबी सडक निर्देशनालय प्रमुख भुडाराज ढकालले बताएका छन् । उनका अनुसार अहिले निृमाण कम्पनप्सित बिटुमिन खरिद गर्नेदेखि लिएर डीजल लगायत अन्य समाग्री खरिदका लागि फण्ड नभएकाे बताएका छन् । डीजलका लागि हामीले ग्यारेन्टी बसेर डिजल हालीदिन पर्ने अवस्थामा पुग्न लागेकाे छ, भने ।

जुला १५ सम्म २० कपलाेमिटर सडक कालाेपत्रे भए दाउन्नेमा बाहेक अन्य स्थानमा सडकमा यात्रा गर्ने मकानिसलाइ समस्या नहुने उनकाे भनाइ छ तर यसका लागि निृमाण कम्पनीसंग रकम कै विषयमा तनाव चलिरहेकाे छ ।

उनका अनुसार रकमअभाव कै कारण१५ किलाेमिटर सडकमा डीबीएम राख्न सकेकाे छैन ।

निर्माण कम्पनीले अहिले सम्म ४० प्रतिशत रकम पाइसकेकाे छ, त्याे भनेकाे ७ अरब रूपिया हाे ।

ठेक्का ताेड्ने तयारी

ढकालका अनुसार निर्माण कम्पनीकाे यहि रवैया रहे ठेक्का ताेड्ने बाहेक अर्काे विकल्प रहदैन । कि ठेक्का तेाडने, कि म्याद थप्नेकाे विकल्प हुदैन तर खर्च गर्नेप्सा नभएपछि कसरी म्याद थप्ने? त्याे पनि चुनाैतीकाे विषय भइरहेकाेछ ।

यसका लागि हायर लेभलबाट पनि कुरा भएकाे छ । नेपालका लागि चिनिया राजदुतसंग पनि यस विषयमा छलफल भएकाे बताए ।

उनका अनुसार निर्माण कम्पनीले अबकाे एक वर्षमा काम सक्ने प्रतिबद्धता गृदै अाइरहेकाेछ । यसकाे अन्तिम पटक थपिएकाे म्याद पनि २५ जुलाइमा सकिदै छ ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme