सहबान अन्सारी नवलपरासी
जन्मको आधारमा नेपाली नागरिकका सन्तानले आफ्नो बाबु र आमा नेपाली नागरिकता प्रमाणपत्र संलग्न गरि नेपाली नागरिकता प्राप्त गर्न सकिने ब्यवस्था गरिएपछि नागरिकता लिनेकाे चाप बढेकाे छ ।
निर्देशनको आधारमा ईलाका प्रशासन कार्यालय सेमरीले बैशाख ५ गतेदेखी नागरिकता नागरिकता वितरण प्रक्रिया अगाडी बढाएकाे छ । ५८ जना पुरुष र २२ जना महिला गरि ८० जनाले नागरिकता प्राप्त गरिसकेका प्रशासन कार्यालयका शाखा अधिकृत मनोज कुमार सुबेदीले बताऊनु भयो।
नेपाल संविधानको धारा(११) को उपधारा(३)को ब्यवस्था बमोजिम जन्मको आधारमा नेपाली नागरिकका सन्तानले आफ्नो बाबु र आमा नेपाली नागरिकता प्रमाणपत्र संलग्न गरि नेपाली नागरिकता प्राप्त गर्न सकिने ब्यवस्था गत २०७५ साल चैत १९ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले ७७ वटै जिल्लामा लागु गर्न निर्देशन दिएको थियो ।
जिल्लाको दक्षिणी भेगकका मानिसहरुको लागी सदरमुकाम परासी धाऊन समस्या भएको हुदाँ यसलाई सहज बनाऊन का लागी २०७३ साल अषाढ २७ गते ईलाका प्रशासन कार्यालयको स्थापना भएपछि साबिक १४ गाविसहरु हाल प्रतापपुर गाऊपालिका, सुस्ता गाऊपालिका र बर्दघाट नगरपालिकाको वडा नं १२ देखी १६ वडा सम्मका करिब १ लाख ५० हजार मानिहरुलाई सेवा प्रदान गर्दै आएको छ ।
जिल्ला प्रशासन कार्यालयले तोकेको १४ वटा मापदण्ड पुरा गरिसकेपछी मात्र नागरिकता प्रदान गर्ने र यस कार्यालय बाट करिब २ हजार नागरिकहरुले नागरिकता प्राप्त गर्न सक्ने कार्यालयले जनाएको छ ।