2.2 C
New York
Saturday, February 14, 2026

Buy now

spot_img
spot_img

नवलपरासी कांग्रेसमा गुटको राजनीतिले नयाँ मोड लिँदै

- Advertisement -

खनाल–कँडेल सहमतिपछि ‘गगन थापा पक्ष’ भन्दै तेस्रो गुटको उदय, आन्तरिक शक्ति सन्तुलन फेरिँदै

बृजराज कुशवाहा, नवलपरासी । सन्न प्रतिनिधि सभा निर्वाचनको मिति तोकिएसँगै राजनीतिक दलहरू चुनावी तयारीमा सक्रिय देखिएका छन् । निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले प्रत्यक्ष, समानुपातिक तथा राष्ट्रिय सभा निर्वाचनका लागि देशभरबाट उम्मेदवारको नाम संकलन प्रक्रिया अघि बढाएको छ ।

तर यही नाम संकलन प्रक्रियासँगै कांग्रेसभित्र लामो समयदेखि रहेको गुट–उपगुटको द्वन्द्व झनै सतहमा आएको छ । आन्तरिक विवाद चर्किएका जिल्लामध्ये नवलपरासी कांग्रेस अग्रपंक्तिमा देखिएको छ ।

खनाल–कँडेल गुटको पुरानो टकराव

नवलपरासीमा कांग्रेसभित्र विगतदेखि नै दुई मुख्य गुट सक्रिय रहँदै आएका छन् । एकातर्फ केन्द्रीय सदस्य तथा पूर्वगृहराज्यमन्त्री देबेन्द्रराज कँडेल, अर्कातर्फ संविधान सभा सदस्य विक्रम खनाल नेतृत्वको गुट ।

यी दुई गुटबीचको टकराव यति तीव्र रहँदै आएको थियो कि, पार्टीकै कार्यक्रममा एउटा गुट सहभागी हुँदा अर्को गुट अनुपस्थित रहने अवस्था सामान्यजस्तै बनेको थियो । संगठन विस्तारदेखि उम्मेदवार छनोटसम्म, दुवै गुट आ–आफ्नो प्रभाव जमाउने होडमा देखिँदै आएका थिए । एउटा गुटले कुनै सभा समाराेह वा कार्यक्रम याेजना गर्दा जिल्लाकाे काे काे कार्यकर्ता वा नेता त्यहाँ सहभागी भए, फेशबुकमा सार्वजनिक गरिएका तस्विरहरूकाे अधारमा पानी बाराबारकाे अवस्था दिन प्रति दिन जटिल बन्दै गएकाे थियाे ।

सहमतिको राजनीति र तेस्रो गुटको उदय

तर पछिल्लो समय उम्मेदवार छनोटको सन्दर्भमा खनाल र कँडेलबीच सहमति भएको चर्चा चलेसँगै नवलपरासी कांग्रेसको गुट राजनीतिले नयाँ मोड लिएको छ ।

यसै सहमतिपछि दुवै गुटबाट असन्तुष्ट बनेका नेता–कार्यकर्ताहरूले बर्दघाटमा पत्रकार सम्मेलन गर्दै आफूहरूलाई महामन्त्री गगन थापा पक्ष भन्दै तेस्रो गुटको औपचारिक घोषणा गरेका छन् ।

खनाल शेखर कोइराला पक्षका नेता हुन् भने कँडेल संस्थापन (शेरबहादुर देउवा) पक्षमा रहँदै आएका छन् । यी दुई नेताबीच सहमति बनेपछि आफूहरूको आवाज दबिने खतरा देखिएको भन्दै असन्तुष्ट नेताहरूले नयाँ गुट निर्माण गरेको बताइएको छ ।

असन्तुष्टिको जरो अझै गहिरो

कांग्रेसभित्रकै नेताहरूका अनुसार,

  • खनाल पक्षमा कँडेललाई स्वीकार गर्न नसक्ने कार्यकर्ताहरू छन्
  • कँडेल पक्षमा खनालप्रति असन्तुष्ट रहने नेता–कार्यकर्ताहरू पनि उत्तिकै छन्

यही आपसी अस्वीकार र अविश्वासको परिणामस्वरूप तेस्रो गुटको उदय भएको उनीहरूको दाबी छ ।

चुनावी तयारी कि गुटीय शक्ति प्रदर्शन?

निर्वाचन नजिकिँदै जाँदा नवलपरासी कांग्रेसभित्रको गुट–उपगुट केवल संगठनात्मक विषय मात्र नभई भावी उम्मेदवार छनोट र शक्ति सन्तुलनको लडाइँका रूपमा देखा परेको छ ।

अब प्रश्न उठेको छ—
यो नयाँ गुट कांग्रेसलाई एकताबद्ध बनाउने माध्यम बन्छ कि आन्तरिक विभाजनलाई अझ गहिरो बनाउने कारक?

आगामी दिनमा कांग्रेस नेतृत्वले नवलपरासीमा देखिएको यो गुटीय राजनीतिलाई कसरी व्यवस्थापन गर्छ भन्ने विषयले जिल्लाको चुनावी परिणाममा प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme