नवलपरासी । पश्चिम नवलपरासीकाे उनवछमा सनिवार भएकाे मदरसा विद्यालय सञ्चालकहरूकाे एक भेलाले हैदर अली माेमिनकाे अध्यक्षतामा मदरसा समन्वय तथा सामाजिक विकास केन्द्रकाे गठन गरेकाे छ ।
भेलाले रियाजुल हक अन्सारीलाइ उपाध्यक्ष पदमा चयन गरेकाे छ, त्यस्तै महिला उपाध्यक्ष पदमा राजिया खातुन, सचिव पदमा माेहम्मद रज्जाक मिया, काेषाध्यक्ष पदमा ग्यासुद्दिन मुसलमान अन्सारी, सह सचिव पदमा इमामुल अली मुसलमान, सदस्य पदमा सत्तार मिया, बदरे आलम, सफिउल्लाह अन्सारी, महबुब अली देवान, जाकिर हुसेन खान, तवरेज आलम खान, फात्मा नेशा, रन्जुली दर्जी र जइबुन नेशा रहेका छन् ।
नवलपरासी जिल्लामा रहेका मदरसा विद्यालयहरूकाे व्यवस्थापन र मुस्लिम समुदायकाे सामाजिक आर्थिक, शैक्षिक, र सांस्कृतिक विकासका लागि मदरसा समन्वय तथा समाजिक विकास केन्द्रकाे गठन गरिएकाे हाे ।
प्रमुख अतिथी एवम पुर्व जिल्ला शिक्षा अधिकारी हाजी अब्दुल रूउफ खानले मुस्लिम समुदाय शिक्षामा पछाडी परेका कारणले अरू सबै क्षेत्रमा पछाडि पर्दै गएकाे हाे । जिल्लामा सञ्चालित धेरै मदरसा विद्यालयहरू नेपाल सरकारकाे शिक्षाकाे मुलधारमा आउन नचाहने भएका कारण सुधारमा अझै केही समय लाग्ने बताए । यसका लागि मुस्लिम समुदाय आफै जिम्मेवार रहेकाे छ, भन्नुभयाे ।
भेलामा नवचयनित अध्यक्ष हैदर अली माेमिनले संस्थाकाे उद्देश्य तथा संस्थाले गर्न चाहेकाे कामबारे चर्चा गरेकाे थिए ।
भेलामा सामाजिक अभियन्ता एवम पत्रकार बृजराज कुशवाहा, बुद्धन अली अन्सारी, लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।
भेलामा करिब एक सय जनाकाे उपस्थिति रहेकाे थियाे ।