गोपी ज्ञवाली
नवलपरासी, ८ मंसीर ।
प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचन आउन दुई हप्ता भन्दा पनि कम समय रहेको अवस्थामा नवलपरासीमा मतदाता शिक्षा प्रभावहिन बनेको छ ।
नवलपरासीको गांउ शहरी क्षेत्रमा क्रमशः निर्वाचनको माहोल तात्दै गरेको अवस्थामा मतदाताहरुमा भने कसरी र कति जनालाई मतदान गर्ने हो भन्ने विषयमा अनभिज्ञता रहेको पाईएको छ ।
नवलपरासीको गाउंशहर चारैतिर निर्वाचन शिक्षा सम्बन्धि जानकारीको अझै अभाव रहेको छ । जिल्लाको दक्षिणी क्षेत्रमा भोजपुरी भाषी मतदाताहरुको बाहुल्यता रहेको अवस्थामा मतदाता शिक्षाको कार्यक्रम अधिकांश कक्षाहरु स्थानिय भाषामा नभएर नेपाली भाषामा रहेको, संचारमाध्यमहरुमा पनि भोजपुरीमा भन्दा नेपाली भाषामा मतदाता शिक्षा सुचना प्रसारण भएको अवस्थामा दक्षिणका भाेजपुरी भाषी बस्तीहरुमा मतदाता शिक्षा कमजोर रहेको स्थानीयले बताए ।