नवलपरासी, साउन ३१
नाेवेल काेराेना भाइरसकाे बढदाे संक्रमणका कारण नवलपरासीका विभिन्न नगरपालिका तथा गाउंपालिकाहरूले एक हप्ताका लागि अाफ्ना अाफ्ना पालिका क्षेत्रमा लकडाउन लागु गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय नवलपरासी पश्चिमले पनि एक सूचना जारी गर्दै साउन ३१ गते मध्यरातीदेखि भदाै ६ गते मध्यराती १२ बजेसम्मका लागि लागु हुने गरि निषेधाज्ञा जारी गरेकाे छ ।
विज्ञप्ति जारी गर्नेमा सुनवल नगरपालिका, बर्दघाट नगरपालिका र रामग्राम नगरपालिका अग्र पंक्तिमा छन् । त्यस्तै सरावल र प्रतापपुर गाउंपालिकाले सूचना जारी गरी एक हप्ताका लागि पालिका क्षेत्र सिल गरिएकाे जनाएका छन् ।
यस अवधिमा दुध, तरकारी तथा फलफुलका पसल लागि केही समय खाेल्न पाइने जनाइएकाे छ । राष्ट्रिय गाैरवका अायाेजना बाहेक सबै निर्माण कार्य बन्द गरिएकाे छ । नगरपालिका, वडा कार्यालय, बैंक तथा वित्तिय संस्थाहरू अति अावश्यक काम बाहेक नखाेल्ने बडा चेतावनी समेत जारीएकाे छ । अति अावश्यक सेवा सबै पसलहरू बन्द गरिएकाे छ ।
अति अावश्यक काम बाहेक जथाभावी हिडडुल गर्ने, मानिस भिडभाड हुने कुनै किसिमकाे सभा समाराेह, मेला जात्रा लगायतका कृयाकलापहरू एक हप्ताका लागि पुर्य रूपमा बन्देज गरिएकाे छ ।