नवलपरासीमा खुल्ला नकआउट पुरुष फुटबल प्रतियोगिता

8

नवलपरासी, २६ भदौ ।

नवलपरासीमा खुल्ला नकआउट पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ । श्री हिमालय युवा क्लव सरावल नवलपरासीको आयोजनामा भएको सो प्रतियोगीतामा सरावल खैल मैदानमा सुरु भएको हो ।
प्रतियोगिताको एक समारोह बिच पुर्व गृह राज्यमन्त्री नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवंम् पुर्व हक्की खेलका अन्तराष्ट्रिय खेलाडी देवेन्द्रराज कण्डेलले उद्घाटन गर्नुभएको थियो । प्रतियोगिताको उद्घाटन गर्दै कण्डेलले यस क्षेत्रमा खेल स्टेडियम आवश्यक भएकोले सरकारले यस तर्फ ध्यान दिनुपर्ने माग गर्नुभयो ।
सो अवसरमा कार्यक्रमका प्रमुख अतिथी कण्डेलले खेल र खेलाडीका कारण देशको नाम विदेश माझ उच्च भएकाले सरकारले खेल र खेलाडीलाई आवश्यक प्रबद्र्धन गर्नुपर्ने आवश्यक बताउनुभयो ।
प्रतियोगितामा प्रथम बिजयी हुने टिमले नगद ५० हजार सहित मेडल र प्रमाण पत्र पाउने छन् भने द्धितिय हुने टिमले नगद २५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा जिल्लाका १५ टिमको सहभागीता रहेको छ ।
प्रतियोगिताको उद्घाटन समारोहमा कार्यक्रममा बिशेष अतिथी समाजसेवी एवंम् नेपाल कांग्रेस नवलपरासीका कार्यवाहक सभापति अर्जुन कुमार पोखरेलले आफुले यस क्षेत्रको चौतर्फी विकासका लागी आर्थिक सहित सबै तवरबाट सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
क्लवका अध्यक्ष नरेश फैजदारको अध्यक्षतामा भएको सो कार्यक्रममा रामग्राम नगरपालिकाकी उपप्रमुख रम्भा कुवंर, सरावल गाउँपालिकाका प्रमुख राधेश्याम चौधरी, उपप्रमुख उत्तमा राय, कार्यकारी अधिकृत झविश्वर रेग्मी, समाजसेवी सुखाडी प्रसाद चौधरी, नेपाली कांग्रेसका सरावल गाउँपालिकाका संयोजक बिनोद कुमार पाण्डे, संघीय समादवजादी फोरम नेपालका प्रतिनिधी हरिलाल यादव, रुपैलिया हेल्थपोष्ट प्रमुख अशोक पाण्डे, क्लवका पूर्व अध्यक्ष महेन्द्र चौधरी लगायतले खेल र खेलाडीकाे विकास हुनुपर्नेमा जाेड दिनु भएको थियो ।