नवलपरासीमा कडा प्रतिश्पर्धा, एउटामा कांग्रेस अर्काेमा वामकाे अग्रता

39

वृजराज कुशवाहा, मंसीर २३ गते, नवलपरासी ।

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चयनका लागि नवलपरासीमा दाेश्राे चरणमा गरिएकाे निर्वाचन २०७४ काे मतदान कार्य सकिएर २२ गतेदेखि मतगणना गर्न थालिएकाे छ ।

जारी रहेकाे मतगणनाकाे पछिल्लाे नतिजाले देखाएकाे मतका अाधारमा प्रतिश्पर्धी बीच कडा टक्कर रहेकाे छ ।प्रतिनिधि सभा र प्रदेश सभा दुबैकाे मतगणनामा अाइरहेकाे मत संख्यालाइ हेर्दा सजिलै अनुमान लगाउन गाह्राे भएकाे चर्चा चल्न थालेकाे छ । मतगणनाकाे नतिजा पर्खेर बसीरहेकाे जमात तथा चिया गफमा समेत अनुमानकै कुरा चलिरहदा धेरैले अडकल गर्न गाह्राे रहेकाे बताएका छन् ।

प्रतिनिधि सभा १ मा नेपाली कांग्रेसका उम्मेदवारलाइ पछाडी पार्दै नेकपा एमालेका उम्मेदवार हृदयेश त्रिपाठीले अग्रता लिएका छन् । मतगणनाकाे अारम्भदेखि नै अग्रस्थान बनाएका त्रिपाठी २०७० काे निर्वाचनमा कांग्रेसका देवकरनबाटै भारी मतले पराजित भएका थिए । राजपा नेपालका चर्चित नेता त्रिपाठी पार्टी छाडेर चुनाव कै मुखमा अाफुलाइ सुर्य चुनाव चिन्हमा स्वतन्त्र उम्मेदवारकाे रूपमा मैदानमा उतारे । अहिले पनि कडा टक्कर देखिएकाे छ । देवकरणलाइ पछाडी पार्दै उनी अग्रता लिइरहेका छन् ।

प्रतिनिधि सभा २ मा नेपाली कांग्रेसका उम्मेदवार देवेन्द्रराज कण्डेलले अग्रता बनाएका छन् । उनी २०७० काे निर्वाचनमा पराजित उम्मेदवार हुन् । उनका विरूद्ध बागी उम्मेदवारी परेका कारण हार व्याेहाेर्नु परेका तर ती बागी उम्मेदवार गुणनीधि तिवारी हाल कांग्रेसकै खेमाबाट प्रदेश सभामा उम्मेदवारी गरेकाले कण्डेललाइ चुनाव जित्न सहज हुन सक्ने अडकल गरिएकाे छ । वामगठबन्धनका उम्मेदवार रहनु भएका माअाेवादी केन्द्रका घनश्याम यादव जिल्ला बाहिर (रूपन्देही) का भएका र वामगठबन्धनमा अापसी सहयाेगकाे अाशंका गरिएकाले उनी यस दाैडमा पछाडी पर्ने चर्चा चलेकाे छ ।

प्रदेश सभातर्फ क्षेत्र नं. १ क काे नतिजा हेर्दा नेपाली कांग्रेसका बिक्रम खनाल पछाडी परेकाे अवस्था छ । उनी यसअघि सांसद जितेकाे क्षेत्र त्यही नै हाे । विकास प्रेमीकाे रूपमा चर्चामा रहेका छन् । २०७० काे निर्वाचनमा उनीबाट पछारिएका एमालेका दिपेन्द्र अधिकारीले अग्रता कायम गरेका छन । विगतमा हारेका कारण सहानुभुतिकाे मत पनि उनीसंग रहेकाे अनुमान गरिन्छ । यी दुबैका बीच थाेरै मतान्तर रहेकाले कडा प्रतिश्पर्धा रहन्छ ।

प्रदेश सभा १ काे ख मा बढी मतान्तर देखिएकाे छ । मतान्तर बढदै गएकाले वामगठबन्धनका उम्मेदवार नेकपा एमालेका अजय बहादुर शाही चुनाव जित्ने सम्भावना बढेकाे छ । विगत दुइ चुनाव हारेका उनीसंग सहानुभुतिक मत पनि उतिकै छ । हृदयेश त्रिपाठीसंगै राजपाबाट बाहिरिदै उनीसंगैकाे समर्थनमा उम्मेदवारी गरेका शाही बलियाे मानिएका छन् । जनताबीच लाेकप्रिय रहेका कारण पनि उनकाे पकड मानिएकाे छ । नेपाली कांग्रेसका उम्मेदवार मुकुल कुमार अाचार्यकाे पहिलाे राजनीतिक यात्रा रहेकाेले पनि मतदातामा प्रभाव जमाउन नसकेकाे बताइएकाे छ । हुन त दलीय मत अाउन सके जित्ने सम्भावना बन्न सक्छ तर कांग्रेसभित्रनै असहयाेग रहेकाे चर्चा यस अघिनै बजारमा अाइसकेकाे छ ।

प्रतिनिधि सभा २ क मा नेपाली कांग्रेसका उम्मेदवार गुणनीधि तिवारी पछाडी पर्नुकाे थुप्रै कारणहरू मध्ये एक कारण थारू एकता पनि मानिएकाे छ । यस स्थानमा वामका तर्फबाट एमालेका बैजनाथ चाैधरीलाइ थारूकाे व्यापक समर्थन रहेकाे पाइन्छ । अन्य दलका समर्थक रहेका थारू समुदायले समेत चाैधरीलाइ मत दिने भएपछि कांग्रेसका तिवारीलाइ अप्ठ्याराेमा पार्न सक्ने अडकल गरिन थालिएकाे छ । तिवारी एक कुशल व्यावसायी नेता हुन् ।

प्रतिनिधि सभा २ क मा नेपाली कांग्रेसका उम्मेदवार बैजनाथ जायसवाल पनि व्यावसायी हुन । उनलाइ व्यासायी जगतकाे साथ छ । परासी बजार क्षेत्रका साथै भारतीय सीमासंगका क्षेत्र समेत उनकाे क्षेत्रमा पर्ने भएकाले पनि कांग्रेसकाे मत जुटने देखिन्छ तर त्यसै क्षेत्रबाट उम्मेदवारी गरेका अर्का व्यावसायी राजपा नेपालका नागेन्द्र अग्रहरीले जाउसवाललाइ पछयाइरहेका छन । प्रतिश्पर्धा कडा हुने देखिएकाे छ ।

२०७४ मंसिर २४ गते ८ः ४० मा अपडेट