संजय कुशवाहा, नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं १२ भटौलियामा निर्माणाधिन उद्योगको फलामे भवन भत्किदा १० जना कामदार घाईते भएका छन् ।
कजारिया रमेश टाइल्स उद्योगको निर्माणाधिन भवन क्रेनले जाेडिरहेकाे अवस्थामा बिहीबार दिउंसाे करिब ४ बजेकाे समयमा भत्किएको हो । २ बिगहा क्षेत्रफल भित्र रहेको उद्योगकाे ट्रष्ट भत्किदा घाइते भएका भारत देशका जिल्ला मुजफरनगर बस्ने वर्ष १८ को अतिर त्यागीको दुबै खुट्टा, बाया हात र पेटमा भित्री चोट लागेपछि उनको अवस्था गम्भीर रहेकोले सामान्य उपचार पश्चात थप उपचारको लागि भैरहवा मेडिकल कलेज पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
त्यस्तै बर्दघाट नगरपालिका वडा नं. १२ भटौलिया बस्ने वर्ष ३३ का कमलेश हरिजनको गालामा चोट लागेको छ भनेे रौतहट जिल्लाका भुतहवा बिजयपुर नगरपालिका वडा नं १ बस्ने वर्ष २२ को राजेश कुमार रजकको दाहिने खुट्टा र टाउकोमा चोट, देश भारत जिल्ला मुजफरनगर छपहार बस्ने वर्ष १९ को मोहम्मद सहिकको बाया हात र बाया खुट्टामा चोट लागेर घाइते भएकाे बताइएकाे छ ।
भारत रक्सौल बस्ने वर्ष २२ को सिकन्दर भारतीको ढाड र हातमा चोट, भारत जिल्ला मुजफरनगर छपहार बस्ने वर्ष २३ को मोहम्मद सादिकको दाहिने खुट्टा र छातीमा चोट,भारत जिल्ला मुजफननगर बस्ने वर्ष २० को जाबेत त्यागीको दुबै खुट्टामा चोट, भारत जिल्ला मुजफरनगर बस्ने वर्ष २८ को मसरुप मोहम्मदको दाहिने हात, दाहिने खुट्टा र पेटमा चोट, भारत जिल्ला मुजफरनगर बस्ने वर्ष १८ को अमन मोहम्मदको टाउकोमा चोट लागेर यिनीहरूका अवस्था मध्यम रहेको छ ।
पर्सा जिल्ला बिरगंज उपमहानगरपालिका बस्ने वर्ष २१ को अमरेन्द्र प्रसाद शाहको दाहिने खुट्टामा चोट लगेपछि सामान्य अवस्था रहेको छ । यी घाइतेहरूलाई उपचारको लागि सहिद स्मृति सामुदायिक अस्पताल चौपतामा उपचार भइरहे जिल्ला प्रहरी कार्यालय सुचना अधिकारी प्रहरी नायव उपरीक्षक रेशम बोहराले बताउनुभयो ।
घटनाको विषयमा बुझ्न पत्रकार जादा कम्पनीको कर्मचारीहरूले घट्ना स्थल प्रबेश गर्न नदिई घट्ना ढाकछोप गरिरहेका छन । स्थानीय कामदारकाे घरपरिवार आफ्नो परिवारलाई खाेज्ना आउदा कम्पनीका कर्मचारी थर्काएर पठाउने गरेको स्थानीयहरूको भनाइ रहेको छ ।