नवलपरासीमा चिनी मिल र किसानबीचकाे सम्बन्ध चिसिदै

34
श्याम थापा, २ माघ नवलपरासी
जिल्लाका मुख्य तिनवटा चिनी मिलहरू हालसम्म सञ्चालनमा नअाएका कारण उखु किसानहरू अाजित भएका छन् । करिब २ मिहना अघि नै चिनी मिलहरू सञ्चालन भै सक्नु पर्ने थियाे । तर चिनी मिल मालिकका लापरवाहीका कारण मिल सञ्चालनमा नअाउदा किसानलाइ लाखाैंकाे क्षति व्याेहाेर्नु परेकाे छ ।
किसानका उखु लिइ चिनी उत्पादन गर्ने र बेच्ने तथा मुनाफा कमाउने यी मिल मालिकहरू किसानका समस्या सुन्न चाहदैनन् । विगत वर्षकाे उखुकाे मुल्य भुक्तानी नदिएका उनीहरू यस वर्ष मिल कहिले सञ्चालन गर्ने भन्ने सन्दर्भमा न त प्रष्ट बाेलेका छन, न त क्रसिंग शुरू नै गरेका छन् ।
इन्दिरा चिनी मिल गङ्गापुरले गतवर्षकाे किसानकाे भुक्तानी दिएकाे छैन । माग्न गएका किसानलाइर् अाजभाेली भन्दै झुक्याउदै अाएकाे छ । यसका कर्मचारी उल्टै अभद्र व्यवहार गर्न पछाडि पर्दैनन । 
सुनवल चिनी मिल सुनवल किसानसित सम्पर्कमा अाउदैन । गतवर्ष चल्दा चल्दै मध्य सिजनमै खेतमै उखु बाकी छाडेर मिल बन्द गरेका थियाे । यस वर्ष अहिलेसम्म मिल सञ्चालनमा ल्याएकाे छैन । किसानकाे सम्पर्कमा पनि छैन ।
बाग्मती खडसारी चिनी मिल कुडियाका पनि हालसम्म सञ्चालनमा अाएकाे छैन र कहिले क्रसिंग शुरू हुने हाे मिति पनि तया गरेकाे छैन । सरकारले ताेकेकाे यस क्रसिंग सिजनकाे लागि उखुकाे मुल्य प्रति रूष्ट रहेका कुडियाका मालिक राम थापा मगरले सरकारले चिनीको मुल्य नतोक्ने र उखुको मुल्य मात्र तोकेर मिल संचालनमा ढिलाइ भएकाे प्रतिक्रिया दिए । यद्दपि उनले मिल चाडै शुरू हुने बताएपनि शुरू हुने मिति भने बताएनन् ।