नवलपरासी । पश्चिम नवलपरासीकाे प्रतापपुर गाउँपालिका वडा नं. ६ गुठी परसाैनीमा विहिवार बेलुका करिब ९ बजे भएकाे टेक्टर दुर्घटनामा एक स्थानीय घाइते भएका छन् ।
सुस्ताबाट सुरजपुरातर्फ जांदै गरेकाे लु ३ त २४७ नं. काे टेक्टरले गुठी परसाैनीमा ठक्कर दिदा वर्ष ६५ का स्थानीय अकारशी बीन नाम गरेका व्यक्ति घाइते भएकाे गुठी परसाैनी प्रहरी चाैकीका असइ विकाउ शाहले अनलाइन जनतालाइ बताए ।
घाइतेकाे अवस्था गम्भिर रहेकाे छ । निजलाइ उपचारका लागि एम्बुलेन्सद्वारा भैरहवातर्फ पठाइएकाे प्रहरीले जनाएकाे छ ।
टेक्टर चालक बबलु यादवलाइ प्रहरीले नियन्त्रणमा लिएकाे छ । प्रहरीले कार्वाहीका लागि चालक र टेक्टरट्राली इलाका प्रहरी कार्यालय बेलाटारी पठाएकाे छ ।