नरदेबी बचत तथा ऋण सहकारी संस्था लि को ७८ लाख बराबरको कारोबार

9
श्याम थापा सुस्ता २१ पुष ।
पश्चिम नवलपरासी सुस्ता गाउँपालिकाको वार्ड न ३ मर्चहवामा रहेको नरदेबी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ७८ लाख १८ हजार ५ सय ४४ रुपैया बराबरको कारोबार गरेको छ ।
नरदेबी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष पप्पु भेडिहारको अध्यक्षता र पुर्व सांसद देवकरण प्रसाद कलवार सन्तुको प्रमुख अतिथ्यतामा सुस्ता ३ को मर्चहवामा भएको नरदेबी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चौथो बार्षिक साधारण सभा कार्यक्रममा संस्थाका व्यवस्थापक दिपक केवटले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । 
नरदेबी बचत तथा ऋण सहकारी लिमिटेडले कुल ७८ लाख १८ हजार ५ सय ४४ रुपैया बराबरको कारोबार गरेको बताउनु भयो । साथै संस्थाका व्यवस्थापक केवटले आफ्नो संस्थाले कुल १ लाख ५१ हजार ६ सय ८७ रुपैया शुद्ध नाफा गरेको पनि बताउनुभयो । बिक्रम सम्बत २०७१ सालमा स्थापना भएको नरदेबी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सुस्ता ३ मा महिला १ सय ४६ जना र पुरुष १ सय ५१ जना गरि कुल २ सय ९७ जना शेयर सदस्य रहेका छन ।
बार्षिक साधारणसभामा पत्रकार आरपी उपाध्याय, केरा उत्पादक संघ नवलपरासीका अध्यक्ष लख्खु यादव, सुस्ता गाउँपालिका वार्ड न ३ का दलित महिला सदस्य गिता दुषाध, सुस्ता गाउँपालिका वार्ड न ३ का वडा अध्यक्ष राजकुमार महतो, उखु उत्पादक संघ नवलपरासीका अध्यक्ष उमेश चन्द्र यादव, नेपाली काङ्ग्रेस क्षेत्रीय सभापति मुकुल कुमार आचार्य लगायतका बक्ताहरुले गाउँ घरका अति बिपन्न परिवारलाई जिविकोपार्जन सुधारका लागि सहकारीले टेवा पुराएको बक्ताहरुको जोड रहेको थियो ।