नदिजन्य पदार्थको दाेहन बेराेकटाेक, प्रहरी र स्थानीय सरकार सबै चुप

30

श्याम थापा, नवलपरासी २३ माघ ।

नदिजन्य पदार्थको अवैध चोरी निकासी कार्य जिल्लाको विभिन्न स्थानबाट भइरहेकाे भएपनि नारायणी नदीबाट भैरहेकाे अवैध निकासीले कानुनी राज्यकाे धज्जी नै उडाएकाे छ । कुनै प्रकारकाे नियन्त्रण महशुस नगरिएकाे सुस्ता गाउंपालिकाकाे यस स्थानमा स्थानिय ठेक्दारहरूले ब्रह्मलुट नै मच्चाएका छन् ।

दिनहुं कम्तीमा २०० सय टाली गिट्टी, बालुवा र ढुङ्गा बाेकेर गन्तब्यमा पुर्याउछन् । कुडिया, नरसही र रामनगर प्रहरी चाैकीहरू यस अवैध निकासीकाे ढाेकामै छन् तर तिनले कुनै अवराेध नगरेकाे स्थानीयकाे बुझाइ छ । इप्रका बेलाटारी पनि मुकदर्शक बनेकाे छ । जसले यस अवैध निकासीमा प्रहरीकाे मिलेमताे रहेकाे चर्चा व्यापक छ । विशेष सुत्रले दिएकाे जानकारी अनुसार प्रहरीले प्रति टाली रू. २ सय रकम असुल्ने गरेकेा अाराेप छ ।

यसरी स्थानीयवासीकाे चाहना र नेपालकाे कानुनकाे विपरित दिउसै खुलेअाम भैरहेकाे गिट्टी, बालुवा र ढुङ्गाकाे अबैध निकासीकाे काममा कुनै निकायले अवराेध नगरेकाे देख्दा स्थानीयवासी तिनछक्क परेका छन् । सुस्ताकाे ४ नं. वडा कार्यालय नरसहीमा नदिजन्य पदार्थकाे अवैध निकासीमाथि नियन्त्रण गर्नका लागि निवेदन दिएर माग गरेपनि सुनवाइ नभएपछि चिन्ता व्यक्त गरेका छन् ।

सुस्ता गाउंपालिका अध्यक्ष राम प्रसाद पाण्डेलाइ पटक पटक अनुराेध गरेपनि निकासीमा कुनै नियन्त्रण नगरिएपछि स्थानीयवासीमा स्थानीय सरकारप्रति उदासिनता पैदा भएकाे छ ।

नारायणी नदीबाट अबैध रुपमा निकासी भएको गिट्टी, बालुवा र ढुङ्गाहरुको स्टक गर्ने अर्थात राख्ने स्थल भने गण्डकको नेपाल बाध, बिगैप बाध र ए गैप बाधको छेउछेउमा रहेको जग्गा भएको छ । नेपाल बाध, बिगैप बाध र ए गैप बाधको छेउछाउमा रहेको जग्गामा यति खेर १० हजार भन्दा बढी टाली नदिजन्य प्रदार्थ स्टकको रुपमा देख्न पाईन्छ । भने स्थानिय सरकार र प्रहरी प्रशासनले स्टकमा रहेका नदिजन्य प्रदार्थ देखे पनि नदेखे जस्तो गर्ने गरेको स्थानियबासीहरुको गुनोसो रहेको छ ।

नारायणी नदीबाट अबैध रुपमा भैरहेको नदीजन्य प्रदार्थलाई रोक्नको लागी स्थानियबासीहरुले पटक पटक गाउँपालिका र प्रहरी प्रसाशनलाई आग्रह गर्दा पनि दुबै निकायहरु मौन रहेको स्थानियबासीहरुकाे आरोप छ । यसबारे राेखेकाे जिज्ञासामा सुस्ता गाउँपालिकाका अध्यक्ष राम प्रसाद पाण्डेले अबैधरुपमा भैरहेकाे निकासी तथा चोरी भएका नदीजन्य प्रदार्थहरुलाई कानुनी दायरामा ल्याउनको लागी स्टक राख्नेहरूलाइ अाफुले राखेकाे स्टक प्रमाणित गराउनका लागि ७ दिने सुचना पनि जारी गरेको बताउनुभयो ।

पाण्डेले अगाडि भने नारायणी नदीकाे दाेहन राेक्नका लागि अाफु प्रयासरत रहेकाे तर प्रहरी प्रसाशनले आफुलाई सहयाेग नगरेकाे बताए । यहि जिज्ञासा राख्दा आफुहरुलाई खोलामा गएर रोक्नको लागी माथीबाट निर्देशन नआएको बरू नियन्त्रण गर्ने भनेर कुनै पनि प्रहरी खोलामा नजान भनिएकाे रहस्य खुलेकाे छ ।

दैनिक रूपमा नदीबाट निकालिएका नदीजन्य वस्तुहरू गण्डक बांधहरूसंगैकाे खाली जग्गामा स्टक गरिदै छ र यहांबाट विभिन्न बजारमा बेचिदै छ । तस्करहरूले भारतसम्म पुर्याउने गरेकाे बताइन्छ ।